जगातीको बस विसौनी स्थानान्तरण गर्न लागेको भन्दै विरोध


पुष ४, २०८१, बिहीबार | दिउँसो ०२:१२ बजे | 40


जगातीको बस विसौनी स्थानान्तरण गर्न लागेको भन्दै विरोध

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगाती वस स्टप अन्यत्र सार्न खोजिएको भन्दै विरोध जनाइएको छ । स्थानीय बस स्टप आसपासबासीहरुले यथास्थानमै वस स्टप राख्न अनुरोध गरेका छन् । स्थानीयले बस बिसौनी हटाउन लागेको भन्दै आपति जनाएका छन् । 
अरनिको राजमार्ग बनेदेखि चल्दै आएको पुरानो बस स्टपलाई हटायो भने भक्तपुरका विभिन्न ठाउँंहरुमा जाने मानिसहरुलाई समस्या पर्ने भन्दै उनीहरुले यथास्थानमै वस स्टप राखे अनुरोध गरे । बस स्टप अन्यत्र सारे भक्तपुर नगर आउने, ख्वप कलेज, ख्वप अस्पताल जाने, डोलेश्वर जाने, मलामीका लागि हनुमानघाट जाने जस्तो दैनिक जनजीवन र परम्परागत संस्कृतिहरु समेत प्रभावित हुने भन्दै स्थानीय समुदायले ध्यानाकर्षण गराएका छन् । बिहीबार उनीहरुले मध्यपुर थिमिमा रहेको सडक विभाग सूर्यविनायक धुलिखेल सडक आयोजना कार्यालयमा पुगेर कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । 
परम्परादेखि चल्दै आएको बस स्टेसनलाई नहटाउन आग्रह गर्दै बरु बस स्टेशन व्यवस्थित गर्न स्थानीय आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उनीहरुले जनाए ।
आयोजना प्रमुख ईन्जिनियर राजेन्द्रप्रसाद दासले स्थानीय समुदायको ज्ञापनपत्र बुझ्द्ै आयोजनाले सो क्षेत्रबाट बस स्तप हटाएकाले आफूले केही गर्न नसकिने बताए । तर स्थानीय जनताको उचित मागलाई माथिलो निकायसमक्ष राखेर स्थानीय तहसँगको परामर्शमा जायज माग पूरा गराउन आफूले भूमिका खेल्ने उनले बताए । सडक पीडितहरुको मागलाई साविक ऐनले मात्रै सम्बोधन गर्न सकिने पनि उनले बताएका थिए ।
स्थानीय सीताराम खाइतूको अगुवाईमा झण्डै दुई दर्जन स्थानीयबासी कार्यालयमा ज्ञापनपत्र बुझाउन पुगेका थिए । 

Comments