बालेन शाह भक्तपुर महोत्सवमा
पुष २, २०८१, मङ्गलबार | दिउँसो ०३:१४ बजे | 0
भक्तपुर । भक्तपुर महोत्सवको अन्तिम दिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह बालेन्द्र भक्तपुर भ्रमणमा आएका छन् । उनलाई नगरपालिका गेटमा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले स्वागत गरे । यसैगरी महोत्सवको अन्तिम दिन मंगलबार नेपालस्थित चिनियाँ राजदूतावासका महामहिम राजदूत छन सोङ, चौताराको साँगाचोक गढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलद्वारा भक्तपुर महोत्सव अवलोकन गरेको नगरपालिकाले जनाएको छ ।