वुद्धको मूर्ति लुम्बिनी-कपिलवस्तु विस्व अभियानका तर्फबाट मेलबर्नको नेपाली मन्दिरलाई हस्तान्तरण
पुष २, २०८१, मङ्गलबार | विहान १०:२० बजे | 45
डिसेम्बर १५, मेलबर्न: ३७" अग्लो ५२ केजी तौल भएको सुनको जलप सहितको वुद्धको मूर्ति मेलबर्नको नेपाली मन्दिरलाई लुम्बिनी-कपिलवस्तु विस्व अभियानका तर्फबाट अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठद्धारा एक बिशेष कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।
लुम्बिनी-कपिलवस्तु विस्व अभियानको नेपाल राष्ट्रिय समितिका कोषाध्यक्ष समेत रहेका स्व. धर्म बहादुर शाक्यले उक्त वुद्धको मूर्ति आफ्नो तर्फबाट बनाउन सहयोग गर्नु भएको थियो । मूर्ति नेपाली मन्दिरमा हस्तान्तरण गर्नु अघि पञ्चकन्या सहितको सहभागीहरुले विस्व संयोजक श्रेष्ठको निवास क्षेत्रमा वुद्धसम्बन्धी भजन र गीत गाउँदै केही समय नेपाली र वुद्धिस्ट झन्डा, वुद्ध नेपालमा जन्मनु भएको सन्देश सहितका प्लेकार्ड, र बाजा गाजा सहितको केही समयको र्यालीपस्चात सहभागीहरु नेपाली मन्दिर पुगेर मूर्ति हस्तान्तरण गरेपछि ३ जना लामाहरुद्धारा बौद्ध परंपरा अनुसार बिधिपूर्बक पुजापाठ गरेका थिए ।
अस्ट्रेलियन नेप्लिज मल्टिकचरल सेन्टरका अध्यक्ष गान्धी भट्टराई लगायत अन्य पदाधिकारीहरु भिम न्यौपाने, सुधिर शाक्य, अनन्त राज पौडेल, दीपक आचार्यले सहयोगको लागि लुम्बिनी-कपिलवस्तु विस्व अभियानलाई धन्यवाद ज्ञापन गर्दै लेखिएको सम्मानपत्र विस्व संयोजक श्रेष्ठलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।