दुई दिनेमाईन्यूटिङ लेखन तथा बैठक संचालन कार्यक्रम सम्पन्न
मंसिर ३०, २०७७, मङ्गलबार | दिउँसो ०१:१६ बजे | 35
भक्तपुर । नेपाल क्रान्तिकारी विद्यार्थी संघ भनपा ९ दत्तात्रय समितिको अयोजनामा दुई दिने(२८ र २९ गते आइतवार र सोमबार) माईन्यूटिङ लेखन तथा बैठक संचालन कार्यविधि बारे तालिम साल्लागणेशमा एक समारोह बीच सोमबार समापन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वडाध्यक्ष रबिन्द्र ज्याख्वले समाज चिन्ने जीवनको परीक्षा सफल हुने आशा व्यक्त गर्दै समाजमा आफूले आफैलाई भूमिका खोज्नु पर्ने बताउनु भयो । सामाजिक र अतिरिक्त क्रियाकलापमा सहभागी नहुँदा निवेदन समेत लेख्न नजानेर परीक्षामा उत्कृष्ट आएकाहरुले आत्माग्लानी अनुभव गर्नु परेको साथै प्रशासनिक कुराहरु थाहा नपाउँदा दुःख भोग्नु परेकोले ती कुराहरु सामाजबाट सिक्ने भएकोले सिकाईको लागि संगठन आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा प्रशिक्षक केबि प्रजापतिले विद्यार्थी संघले संघर्ष गर्न सिकाएको बताउँदै धोकन्ठे विद्याले परीक्षामा बढी नम्बर आएपनि त्यो बाहेक अरु कुरा आए त्यसबारे थाहा नपाउने र उदाहरणीय पदमा नपुग्ने भएकोले त्यसको निम्ति संगठन आवश्यक भएको बताउनु भयो ।
कार्यक्रममा नेमकिपा ९ दत्तात्रय समितिका सचिव रामकृष्ण प्रजापतिले ज्ञान शीप र धारणाले व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने बताउनु भयो ।
दुई दिने तालिममा मिटिङ्ग(बैठक), एजेण्डा(कार्यसूचि) बारे केबि प्रजापतिले, माईन्यूटिङ्ग(निर्णय पुस्तिका लेखन) सम्बन्धमा सञ्जय मानन्धरले र तालिम के हो ?, तालिमको प्रयोजनहरु के के हुन ?, सिकाई के हो ? र व्यवहार परिवर्तनका चार आयामहरु बारे रामकृष्ण प्रजापतिले प्रशिक्षण दिनु भएको थियो ।