स्काउटका आयुक्तद्वारा भक्तपुर महोत्सवको अवलोकन


पुष १, २०८१, सोमबार | विहान ०३:०१ बजे | 55


स्काउटका आयुक्तद्वारा भक्तपुर महोत्सवको अवलोकन

नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव शिवराम अर्याल तथा राष्ट्रिय परिषद्द्, राष्ट्रिय प्रशिक्षक र विभिन्न पालिकाका स्थानीय आयुक्तद्वारा भक्तपुर महोत्सवको अवलोकन भक्तपुर महोत्सवमा विभिन्न स्थानहरुमा भइरहेको साँस्कृतिक र परम्परागत जीवनशैलीलाई नजिकबाट नियाल्ने र साँस्कृतिक सम्पदाले भरिपूर्ण जीवन्त नगरी भक्तपुरको कला र संस्कृतिको माध्यमले जोसुकैलाई पनि लोभ्याउन सफल भएको भन्दै नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव शिवराम अर्यालले अवलोकन भ्रमण गर्दै स्काउटले स्वयम् सेवकको रुपमा सेवा गर्ने भावनाबाट अभिप्रेरित रहेको बताउनुभयो ।

उक्त टोलीलले भक्तपुरको प्रशन्नशिल महाविहार स्थित कुमारी (जीवित देवी) प्रदर्शनी, नवदुर्गा प्रदर्शनी र भक्तपुर दरबार क्षेत्र लायकुस्थित परम्परागत पोशाक प्रदर्शनी, नेवार जीवनशैलीको गतिविधि प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम लगायत विभिन्न स्थानमा भएको घरेलु उत्पादन तथा हस्तकलाको जीवन्त प्रदर्शनीको अवलोकन गर्नुभएको थियो । सांस्कृतिक कार्यक्रम, नगरा वादन, पौभा र तस्बिर प्रदर्शनी, चित्रकला, छ्वालीकला र तस्बिर प्रदर्शनी, परम्परागत पोशाक प्रदर्शनी, खाना महोत्सव, हलिमलि, परम्परागत वाद्यवादन सामग्री प्रदर्शनी, परम्परागत धागो रंगाउने, कुमारी (जीवित देवी) प्रदर्शनी, दिपंकर बुद्ध प्रदर्शनी, नवदुर्गा प्रदर्शनी, शैक्षिक प्रदर्शनी, नौका बिहार, मृत्तिका कलाको परम्परागत र नयाँ उत्पादनको जीवन्त प्रदर्शनी महोत्सवका प्रमुख आकर्षणहरु हुन् । त्यस्तै परम्परागत खेलकुद प्रदर्शनी र प्रतियोगिता, नेवार जीवनशैलीको गतिविधि प्रदर्शनी, नौ बाजा प्रदर्शनी, दही महोत्सव, दिपावली, बौद्ध प्रकाशन र तस्बिर प्रदर्शनी, सहकारीहरुको गतिविधि प्रदर्शनी, बालबालिका मैत्री गतिविधि तथा सांस्कृतिक कार्यक्रम, कृषि उत्पादनको व्यवसायिक प्रदर्शनी, घरेलु उत्पादन तथा हस्तकलाको जीवन्त प्रदर्शनी, व्यापार मेला, पुस्तक प्रदर्शनी, बुद्ध अस्तु तथा बौद्ध दर्शन सम्बन्धी प्रदर्शन, विभिन्न खेलकुद गतिविधि तथा प्रदर्शनी, परम्परागत तोरीको तेल बनाउने प्रदर्शनी, सांस्कृतिक जात्रा पर्व संस्कृतिको नमुना प्रदर्शनी र परम्परागत वाद्यवादन प्रतियोगिता एवम् प्रदर्शनीको समेत अवलोकन गर्नुभयो । उक्त अवलोकन भ्रमणमा वरिष्ठ स्काउटर तथा पूर्व राष्ट्रिय सचिव रामगोपाल कर्माचार्य, वरिष्ठ स्काउटर तथा पूर्व राष्ट्रिय तालिम आयुक्त भक्त राजभण्डारी, बागमती प्रदेश सामाजिक विकास आयुक्त धर्मभक्त मल्ल,राष्ट्रिय प्रशिक्षक भुवन चरण श्रेष्ठ, राष्ट्रिय प्रशिक्षक रत्ना चावल, राष्ट्रिय प्रशिक्षक अच्युत प्रजापति,राष्ट्रिय प्रशिक्षक कृष्ण सुन्दर प्रजापति, राष्ट्रिय प्रशिक्षक पवन कुमार बल, सहायक राष्ट्रिय प्रशिक्षक रुबिना छुस्याबाग, मध्यपुर ठिमी नगरपालिकाका प्रमुख आयुक्त तुल्सी हरी प्रजापति, टोखा नगरपालिकाका प्रमुख आयुक्त नवीन श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका सदस्य आयुक्त जीवन सुवाल समेतको उपस्थिति रहेको थियो। अवलोकन भ्रमणमा स्काउटर हरी गोविन्द श्रेष्ठले अतिथि शिवराम अर्याललाई मायाको चिनो हस्तान्तरण गर्नु भएको थियो भने भक्तपुर नगरपालिकाका प्रमुख आयुक्त बालकृष्ण बनमालाले स्वागत गर्नुभएको थियो।

Comments