काठमाडौकी उपमेयर सुनिता डंगोल भक्तपुर महोत्सवमा


मंसिर ३०, २०८१, आइतबार | दिउँसो ०१:३५ बजे | 75


काठमाडौकी उपमेयर सुनिता डंगोल भक्तपुर महोत्सवमा

भक्तपुर । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल भक्तपुर महोत्सव हुर्नका लागि आइतबार भक्तपुर पुगेकी छिन् । आयोजक भक्तपुर नगरपालिकाको निमन्त्रणमा महोत्सव हेर्न उनी भक्तपुर पुगेकी हुन् । साथै ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्य पनि पुगेकी छिन् । उनीहरु दुवैजनालाई भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीले महोत्सव घुमाइएकी थिइन् । उनीहरु गोल्मढी, नागपोखरीलगायतमा पुगेको तस्वीरहरु सार्वजनिक भएका छन् । 
यसअघि महोत्सवको उदघाटन दिन पनि ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जश्री उदघाटन कार्यक्रममा सहभागी भएकी थिइन् । उनले त्यसबेला नगरपालिकाकाहरुकोतर्फबाट शुभकामना मन्तव्य पनि व्यक्त गरेकी थिइन् । 
यसैवीच महोत्सव हेर्नका लागि पूर्व प्रहरी प्रमुख एवं नेता रमेश खरेल, चर्चित पत्रकार अन्तर्वार्ताकार टिकाराम यात्री पनि महोत्सव हेर्न पुगेको तस्वीरहरु सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक भएका छन् । 

Comments