भक्तपुरकी कोरोना संक्रमित सुत्केरी


2020-06-07 05:18:26

भक्तपुर । शनिबार कोरोना पुष्टी भएकी भक्तपुरकी ३१ वर्षीया महिला तीन दिन अघि मात्रै सुत्केरी भएकी खुलेको छ । दोलखा स्थायी घर भई हाल भक्तपुर कमलविनायकमा डेरा गरी वस्ने ती महिला जेठ २१ गते अस्पतालमा भर्ना भई अप्रेशन गरिएको मध्यपुर अस्पतालले जनाएको छ ।
सोही क्रममा अस्पतालका ६ जना चिकित्सक, १२ जना नर्सिग स्टाफ, ११ जन हेल्पर तथा एक जना ल्याब स्टाफलाई क्वारेन्टनमा राखी नेपाल सरकारको निर्देशका बमाजिम अगाडि वढने जानकारी अस्पतालले गराएको छ । अस्पतालबाट डिष्चार्ज भएकी कोरोना पुष्टी भएपछि मध्यपुर थिमि नगरपालिका, महानगरीय प्रहरी बृत, मध्यपुर थिमि तथा सीसीएमसीको टोलीसँंग बैठक बसी प्राइमरी कन्टेयाक्ट टेसिंग भइसकेको जानकारी गराइएको छ । अस्पतालमा कोरोना संक्रमणको शुरुका दिनदेखि निर्मलीकरणमा तथा स्टाफ व्यवस्थानमा विशेष ध्यान दिएकोले अस्पतालको ओपीडी सेवा तथा इमरजेन्सी सेवा तथा आईसीयू सेवा सुरुचार नै गरेको जनाइएको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिकाको एक सामुदायिक स्कुलकी शिक्षिकासमेत रहेकी उनी डेरा गरी वस्ने चोफल क्षेत्रलाई प्रहरीले राति नै सिल गरिएको छ । लकडाउनपछि घर फर्केकी उनी बच्चा पाउन काठमाडौं आएको बताइएको छ ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *