भक्तपुर महोत्सव ः आजदेखि क्वाठण्डौमा बाँसुरी बाजा प्रतियोगिता


मंसिर २९, २०८१, शनिबार | विहान ०२:०२ बजे | 50


भक्तपुर महोत्सव ः आजदेखि क्वाठण्डौमा बाँसुरी बाजा प्रतियोगिता

भक्तपुर, मंसिर २९ । ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरमा शुक्रबारदेखि सुरु भएको भक्तपुर महोत्सव अन्तर्गत आज शनिबार नगको क्वाठण्डौ टोलमा खुल्ला बाँसुरी बाजा प्रतियोगिता हुने भएको छ । तालिका अनुसार प्रतियोगिता महोत्सवको दोस्रो र तेस्रो दिन हुने भएको हो । प्रतियोगितामा भक्तपुर जिल्लाका चार नगरपालिका सहित बनेपा, ललितपुर, चन्द्रागिरी, दक्षिणकाली, टोखा, धरान खोकना लगायत देशभरका १० नगरपालिका र उपमहानगरपालिकाको विभिन्न टोलका बाजा खल, ७ वटा सहकारी संस्था, ३ वटा विद्यालय गरी ४६ वटा बाजा समूहले प्रतिस्पर्धा गर्नेछन् ।
भक्तपुरको दुधपाटी इनाग टोलबाट बाँसुरी बजाएर नगर परिक्रमा गरेर क्वाठण्डौ टोलमा नेवार जनजीवन र संस्कृतिसँग सम्बन्धित धातु, वसन्त, मालश्री, सिनाज्या, सितला माजु, मंगलधुन मध्ये १ पहिलो चरणमा अनिवार्य र दोस्रो चरणमा प्रतियोगीले छानेको धुन मञ्चमा ४ मिनेट प्रस्तुत गर्नुपर्ने आयोजकले जनाएको छ ।
नगर परिक्रमाको ३० अंक र प्रतियोगिता स्थलको ७० अंक प्रदान गरिएको प्रतियोगितामा भाग लिने प्रति टोलीलाई खाजा बापत रु ५ हजार दिइनेछ ।

Comments