भक्तपुर महोत्सव स्वदेशी र विदेशी पर्यटकहरुको प्रबद्र्धन गर्ने महत्वपूर्ण आधार बन्ने


मंसिर २८, २०८१, शुक्रबार | विहान ११:४९ बजे | 35


भक्तपुर महोत्सव स्वदेशी र विदेशी पर्यटकहरुको प्रबद्र्धन गर्ने महत्वपूर्ण आधार बन्ने

भक्तपुर । भक्तपुर नगरपालिकाकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सवको ¥याली नगर प्रमुख सुनिल प्रजापतिले टौमढीमा एक भव्य समारोहबीच शुभारम्भ गर्नुभएको छ ।
¥यालीको उद्घाटन सभामा बोल्दै प्रमुख प्रजापतिले भक्तपुरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नेतर्फ ध्यानकेन्द्रित रहेको बताउँदै भक्तपुर महोत्सवमा स्वदेशी र विदेशी पर्यटकहरुको प्रबद्र्धन गर्ने महत्वपूर्ण आधार बन्ने अपेक्षा रहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले भक्तपुरको मौलिक विशेषताहरु आन्तरिक तथा बाह्य पर्यटकहरुलाई प्रदर्शन गर्ने उद्देश्यले महोत्सवको आयोजना भएको बताउँदै पाँचदिने महोत्सवले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउन टेवापुग्ने बताउनुभयो ।
¥यालीमा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल, बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँ र सृजना सैंजु, भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, जिल्लाका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, नगरका गन्यमान्य व्यक्तित्वहरु, विद्यालय र सहकारी संघ संस्थाका प्रतिनिधि, विभिन्न बाजा समूह, स्वयम्सेवक टोली, नगरपालिकाका कर्मचारी तथा स्थानीय जनताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Comments