भक्तपुर पत्रकार चुनाव ः संयुक्त प्यानलविरुद्ध लाग्नेमाथि कारबाही


मंसिर २७, २०८१, बिहीबार | दिउँसो ०१:२४ बजे | 35


भक्तपुर पत्रकार चुनाव ः संयुक्त प्यानलविरुद्ध लाग्नेमाथि कारबाही

भक्तपुर । नेपाली कांग्रेस र नेकपा एमाले भक्तपुरका जिल्ला नेतृत्वकर्ताहरुले बिहीबार पत्रकार महासंघ भक्तपुरको भोलि हने निर्वाचनलाई लिएर संयुक्त विज्ञप्ति प्रकाशित गरेका छन् । कांग्रेस सभापति दुर्लभ थापा र एमाले अध्यक्ष बचन देउजाले सुन्दर शिल्पकार नेतृत्वको प्यानल आधिकारिक भएको र त्यसविरुद्ध लाग्नेलाई कारबाहीको चेतावनी दिएको छ । 
प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलको उम्मेदबार विरुद्ध गतिविधि गर्ने एवं विद्रोही प्यानल बनाएर लाग्ने जोकोहीलाई पनि कारवाही गर्ने भएकाले त्यस्ता गतिविधिमा नलाग्न सचेत गराइएको छ । 

Comments