भक्तपुर पत्रकार महासंघ कार्यसमिति सदस्यमा विक निर्वाचित


मंसिर २६, २०८१, बुधबार | विहान ११:१२ बजे | 10


भक्तपुर पत्रकार महासंघ कार्यसमिति सदस्यमा विक निर्वाचित

भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको कार्यसमिति सदस्यमा अञ्जीर सिंह बिक सर्वसम्मत निर्वाचित भएका छन् । जिल्ला सदस्यमा बुधबार दलितमा उनी एक्लैको उम्मेदबारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएका हुन् । विजयको औपचारिक घोषणा भने बिहीबार मात्रै हुने जनाइएको छ ।
निर्वाचित विकको जगतकृष्ण प्रजापतिको प्यानलबाट उम्मेदबारी परेको थियो । उक्त प्यानल नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन प्रेस युनियनका नेता एवं महासंघ भक्तपुरका निवर्तमान अध्यक्ष जगतकृष्ण प्रजापतिको नेतृत्वमा रहेको छ । यो प्यानल नेकपा माओवादी समर्थित प्रेस सेन्टर नेपालसहितको संयुक्त प्यानल हो । 
जगतकृष्ण प्रजापतिको प्यानलकोविरुद्ध सुन्दर शिल्पकारको नेतृत्वमा छ । प्रेस युनियनकै नेतृत्वमा रहेको उनको प्यानलमा नेकपा एमालेको प्रेस चौतारी नेपालसहितको अर्काे प्यानल प्रतिस्पर्धामा उत्रेको छ । चुनाव मंसिर २८ गते हुनेछ । 

Comments