भक्तपुर पत्रकार चुनाव ः ककसले दिए उम्मेदबारी ?


मंसिर २६, २०८१, बुधबार | विहान १०:२५ बजे | 40


भक्तपुर पत्रकार चुनाव ः ककसले दिए उम्मेदबारी ?

भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुरको निर्वाचनमा दुईवटा प्यानलवीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेस निकटकै नेपाल प्रेस युनियनमा आवद्ध दुई अध्यक्षहरुवीच एक आपसमा प्रतिस्पर्धा हुनेछ । महासंघ जिल्ला नेतृत्वका लागि अध्यक्षमा युनियनकै जगतकृष्ण प्रजापति र सुन्दर शिल्पकारको प्यानल खडा भएको छ । 
जगतको प्यानलमा नेकपा माओवादी निकटको नेपाल प्रेस सेन्टरसहितको प्यानल छ भने सुन्दरको प्यानलमा नेकपा एमाले निकटको प्रेस चौतारीसहितको प्यानल छ । चुनावमा एक सय ४८ मतदाता रहेको बताइएको छ ।

Comments