द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स आयोजना हुँदै
मंसिर २६, २०८१, बुधबार | विहान ०४:२१ बजे | 30
“द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स“ एउटा महत्त्वपूर्ण कार्यक्रम हो, जसले अंग प्रत्यारोपण क्षेत्रको नयाँ खोज, प्रविधि, र अभ्यासहरूको आदानप्रदानका लागि विशेषज्ञहरुलाई एकै ठाउँमा ल्याउने उद्श्यले २०२४ डिसेम्बर १४ र १५ मा काठमाडौँमा आयोजना हुँदैछ ।
नेपालमा अंग प्रत्यारोपण गर्ने सोसाईटीहरुको संयुक्त आयोजनामा मंसिर २९ र ३० गते द हिमालयन अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन काठमाडौंको नयाँ बानेश्वर स्थित होटल एभरेष्टमा आयोजना हुँदैछ । सम्मेलनको मुख्य नारा भनेको विकासोन्मुख राष्ट्रहरुमा अंगदान प्रवर्दन गर्नु एचयmयतष्लन इचनबल म्यलबतष्यल ष्ल मभखभयिउष्लन धयचमि भन्ने रहेको छ । यो सम्मेलनमा १९ देशका प्रत्यारोपणको क्षेत्रमा ख्याती प्राप्त चिकित्सक तथा नेपाली चिकित्सक प्राविधिक, कानूनविद, पत्रकार र प्रत्यारोपण क्षेत्रमा सरोकार राख्ने करीब ३०० जनाको सहभागीता रहने कुरा सम्मेलन आयोजक कमिटिका अध्यक्ष डा पुकार चन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
सम्मेलन आयोजक समितिका साइन्टिफिक अध्यक्ष डा ऋषि कमार काफ्ले, अयोजक कमिटिका सचिव डा कल्पना कुमारी श्रेष्ठ, वर्तमान अध्यक्ष डा पुकार चन्द्र श्रेष्ठ, नवनिर्वाचित अध्यक्ष डा दिब्या सिंह शाह, कोषाध्यक्ष डा दिपेश श्रेष्ठलगायतले सम्मेलनको बारेमा प्रकाश पार्नु भएको थियो ।
यस सम्मेलनको उदेश्य प्रत्यारोपणका क्षेत्रका ख्याती प्राप्त प्रतिष्ठित व्यक्तित्वहरूलाई एउटै छानामुनि ल्याई प्रत्यारोपणको सीप र ज्ञानको आदानप्रदान गरी नेपालमा अंग प्रत्यारोपणलाई सफल बनाउन मद्दत पुर्याउनु हो भने अंग दान र प्रत्यारोपणका सम्बन्धमा कानून विद्, राजनीतिज्ञ, कलाकार, पत्रकार, समाजसेवी तथा अन्य सरोकार वालाहरुमा जनचेतना फैलाउनु हो ।
दुई दिन सम्म हुने यस सम्मेलनमा जम्मा २६ वटा कार्यपत्रहरु प्रस्तुत हुने छ पहिलो दिन विभिन्न विषयहरूमा विश्वका प्रख्यात वक्ताहरूबाट बिशेष प्रस्तुतीहरू रहनेछन । २०८१।०८।२९ गते साँझ ५ बजे कार्यक्रमको औपचारिक उद्घाटन हुनेछ भने दोस्रो दिन अतिथि वक्ताहरू तथा चिकित्सक र अनुसन्धानकर्ताहरूलाई आफ्नो कार्यपत्र प्रस्तुत गर्ने र सम्मेलनको समापन गनेृ कार्यक्रम रहेको छ ।
यस सम्मेलनमा इच्छुक सहभागीहरूले सम्मेलनको वेबसाइट, धधध।लभकयत।यचन।लउर त्जभ ज्ष्mबबिथबल ष्लतभचलबतष्यलब ित्चबलकउबिलत ऋयलाभचभलअभ मार्फत अनलाइन दर्ता गर्न सकिनेछ । यदि कसैको अनलाईन दर्ता गर्न छुट भएमा सम्मेलनकै दिन तत्काल दर्ताको प्रावधान पनि रहेको छ ।
यो सम्मेलन मुख्यतया अङ्ग प्रत्यारोपणको क्षेत्रमा विशेष चासो राख्ने इच्छुक चिकित्सकहरू कानून विद्, राजनीतिज्ञ, कलाकार, पत्रकार, समाजसेवी तथा अन्य सरोकार वालाहरु लाई लक्षित गरिएको छ ।