महोत्सबभरि नगरभित्र सवारी निषेध
मंसिर २५, २०८१, मङ्गलबार | विहान ०५:५६ बजे | 60
भक्तपुर । भक्तपुर नगरपालिकाको घना वस्तीभित्र पाँंच दिन सवारीसाधन निशेध गरिएको छ । मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सव अवाधिबर सवारीसाधन निशेध गरिएको हो । नगरपालिकाले सूचना जारी गरी भक्तपुर नगर क्षेत्रभित्र सवारी साधन निषेध हुने जनाएको छ । महोत्सवभरि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म्म सवारीसाधन निशेध गरेको हो । पाँंच दिनको उक्त मितिहरुमा भित्रबाट बाहिर ल्याउनुपरेमा विहान नौ बजे अगाडि नै र भित्र लानुपरेमा ६ बजे पछाडि मात्रै प्रवेश खुल्ला गरिनेछ ।