गढीमाई मेलामा संत रामपालजी महाराजको ज्ञान प्रचार


मंसिर २३, २०८१, आइतबार | दिउँसो ०२:१६ बजे | 75


गढीमाई मेलामा संत रामपालजी महाराजको ज्ञान प्रचार

महागढीमाई, बारा
मंसिर २३, शनिबार 
बारा जिला स्थित गढीमाई मन्दिर भएको महागढ़ीमाई मेलामा संत रामपालजी महाराजका अनुयायीहरुले मंसिर २० गते बिहिबार देखि निरन्तर रुपमा आफ्ना पूज्य गुरु जगतगुरु तत्वदर्शी संत रामपालजी महाराजद्वारा लिखित पुस्तकहरुको प्रचार गरिरहेका छन् । 
मंसिर २६ गते सम्म पुस्तक प्रचार सेवा गरिरहने वहाँहरुले बताएका छन् । यस मेला अन्तर्गत गढीमाईको विशेष पुजा मंसिर २३ गते देखि २५ गते सम्म हुने र सोहि दिनमा करोंडौं मानिस यस मेलामा धार्मिक आस्थाले आउने भएकाले वहाँहरु समक्ष शास्त्रप्रमाणित ज्ञान पुर्याउने उद्देश्य रहेको अनुयायीहरुले जानकारी दिएका छन् । मंसिर १ गते देखि शुरु भएको यो मेला मंसिर ३०  गते सम्म लाग्नेछ। मंसिर २३ गते आइतबार देखि यस मन्दिरको चारैतिर केहि किलोमीटरको क्षेत्रभित्र बलि चढाईंदै छ । 
यो मेला प्रत्येक ५ वर्षमा एक पटक एक महिनाका लागि लाग्ने गर्छ, करोडौं को संख्यामा गढीमाई माता का श्रद्धालू यहाँ आउँछन, यस क्रममा तीन दिन विशेष पुजा गरिन्छ जहाँ तीन दिनमा लाखौं को संख्यामा पाडा,बोका,कुखुरा,परेवा,मुसा, आदी पशुहरुको पन्चबलि चढाईने गरिन्छ। दुनियाँभरमा कठोरतामा प्रसिद्ध यो मेलामा पशुबलिलाई रोक्ने प्रयास कैयौं दशक देखि विभिन्न संघ संस्था तथा हिन्दु धर्मका विभिन्न पंथहरुबाट चलिरहेको छ। 
समाजबाट हत्या हिंसा लगायत समस्त अमानवीय कर्महरुको अन्त्य गरेर सबै प्राणीहरुलाई सुखी तथा धरतीलाई स्वर्ग बनाउने उद्देश्यले संत रामपालजी महाराजका अनुयायीहरु दिनरात लागिपरेर तत्वज्ञानको प्रचार गरिरहेको र यसमा सफल पनि हुने विश्वास राखेका छन् ।  विभिन्न ठाउँबाट आएका श्रद्धालुहरुमा आफ्नो धर्मको वास्तविक ज्ञानप्रति आध्यात्मिक चेतना जगाउन तथा  हिंसा, मांसाहार,नशा, चोरी, दुराचार , भ्रस्टाचार, बलि प्रथा,आदी विकृतिलाई समाजमा जरैदेखि निर्मुल गरी मानवमा करुणा भावयुक्त मनवता स्थापित गर्नका लागि संत रामपालजी महाराजको ज्ञान नै एकमात्र अचुक उपाय भएकोले आफुहरुले तन–मन–धनले प्रचार सेवा गरिरहेको जानकारी संत रामपालजी महाराजका अनुयायीहरुले दिएका छन् । पशुबलि शास्त्र विरुद्ध कर्म एवम् महापाप हो, यस्तो गर्ने व्यक्ति भगवानको दरबारमा  दण्डित हुने पनि वहाँहरुले बताउनु भएको छ। श्रद्धालू मात्र नभई मेलामा आउने साधु संत र सुरक्षामा खटिएका हजारौं प्रहरीहरुले पनि संत रामपालजी महाराजको पुस्तकहरु लिएका छन् ।

Comments