आज छाँंया सेन्टरको विरोधमा जुलुश
मंसिर २३, २०८१, आइतबार | विहान १२:५७ बजे | 35
काठमाडौं । आज आइतबार राजधानीको ठमेलस्थित छाँंया सेन्टरको विरोधमा जुलुश हुने भएको छ ।
जुलुशमा सहभागी हुन सवैमा अनुरोध गरिएको छ । जुलुशमा सहभागी हुन चाहनेहरुका लागि भक्तपुरको च्याम्हासिंहबाट विहान १० बजे काठमाडौं आउनका लागि गाडीको समेत व्यवस्था भएको जनाइएको छ ।
ऐतिहासिक पोखरी मासेर छाँंया सेन्टर बनाएको भन्दै विरोध हुँंदै आएको छ । यस विषयमा अदालतमा मुद्धा समेत छ ।