नेपालमा दुर्घटनामा मृत्यु भएका पतिलाई सम्बोधन गर्दै साइप्रसमा युवतीद्वारा आत्महत्या
मंसिर २८, २०७७, आइतबार | दिउँसो ०३:१४ बजे | 20
नेपालमा दुर्घटनामा मृत्यु भएका पतिलाई सम्बोधन गर्दै युरोपियन मुलुक साइप्रसमा कार्यरत एक युवतीले आत्महत्या गरेकी छन्।
गैरआवासीय नेपाली संघ साइप्रसका अनुसार साइप्रसको लार्नाका सहरमा दोलखाको गौरीशंकर गाउँपालिका–८ खरे घर भएकी २३ वर्षीया शुक्री तामाङले आइतबार राति आत्महत्या गरेकी हुन्।
जुन दिन यहाँ नेपालमा बोलेरो दुर्घटनामा परी उनका चालक श्रीमान् सुबिन तामाङको मृत्यु भएको थियो।
आत्महत्या गर्नुअघि शुक्रीले टिकटकमा श्रीमान् दुर्घटनामा परेको तस्बिरसहित भिडियो बनाएर भनेकी थिइन्, ‘मिस यु मुटु। म आउँदै छु। हामी भेट हुनुपर्छ है।’
उनले भिडियोमा आफ्ना आमाबुबा, सासू–ससुरासँग क्षमा माग्दै आफू पनि आफ्नो ‘मुटु’सँगै जान लागेको उल्लेख गरेकी थिइन्।
उनी विवाह भएको एक पनि वर्ष नपुग्दै २०१९ अगस्टमा घरेलु कामदारका रूपमा वैदेशिक रोजगारका लागि साइप्रस गएकी थिइन्।