रास्वपा भक्तपुर भेलाको तयारी पूरा
मंसिर २१, २०८१, शुक्रबार | दिउँसो १२:०९ बजे | 55
राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुर जिल्ला समितिको प्रथम ऐतिहासिक जिल्ला भेलाको तयारी पूरा भएको पार्टीले जनाएको छ । पार्टी जिल्ला सभापति रामेश्वर वस्नेतले भेलाको उदघाटन पार्टीका केन्द्रिय उपसभापति तथा सांसद डिपी अर्यालले गर्ने जनाए ।
विज्ञप्ति
भ्रष्टाचार, कुशासन र बेथितिका विरुद्ध एकबद्ध भई सुशासन कायम गर्ने उद्देश्य सहित स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुर जिल्ला समितिको प्रथम ऐतिहासिक जिल्ला भेलाको अवसरमा आयोजित खुल्ला सभा यही मिति २०८१ मंसिर २२ गते शनिबारका दिन आयोजना गरिएको छ । उक्त जिल्ला भेला तथा खुल्ला सभाको सम्पूर्ण तयारी पूरा भइसकेको ब्यहोरा जानकारी गराउदछौं।
बिशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी र पार्टी सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेका बिरुद्ध योजनावद्द रुपमा गरिएको राजनितिक प्रतिशोध बिरुद्धको आन्दोलनको स्वरुपमा तथा जिल्लामा सांगठनिक उपस्थित ससक्त बनाउने उद्देश्य अनुरुप आयोजना गरिएको यस खुल्ला सभा कार्यक्रम बिहान ७ः०० बजे शंखधर चोक मध्यपुर थिमिवाट –याली शुरु भई बिहान ८ः०० बजे दुईपोखरी (निगु पुखु) क्षेत्रमा खुल्ला सभा गरी उद्घाटन समारोह सम्पन्न गरिने तयारी रहेको छ ।
सो कार्यक्रममा केन्द्रिय उपसभापति तथा सांसद मा. डि. पि. अर्याल, सचिवालय सदस्य तथा संसदिय दलका प्रमुख सचेतक मा. सन्तोष परियार, पार्टी सचिवालय सदस्य, संसदीय दलका उपनेता तथा पुर्व युवा तथा खेलकुद मन्त्री मा. बिराजभक्त श्रेष्ठ र केन्द्रिय सदस्य तथा सांसद मा. सोबिता गौतम सहित केन्द्रिय नेताहरुले सम्बोधन गर्नु हुनेछ। भक्तपुर जिल्ला भरीवाट अत्यधिक पार्टिका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु र सर्वसाधारणको सहभागिता सांस्कृतिक झांकी सहित भब्य रुपमा हुने सुनिश्चिति भएको छ।
उक्त कार्यक्रममा जिल्ला भित्रका सम्पुर्ण अग्रगामी, न्यायप्रेमी र सुशासन चाहने जनसमुदायलाई सहभागी भई सभामा अत्यधिक सहभागिता जनाउन आव्हान एवं हार्दिक निमन्त्रणा गर्दछौ।
जय घण्टी ।
रामेश्वर बस्नेत
संयोजक
राष्ट्रिय स्वतन्त्र पार्टी, भक्तपुर जिल्ला समिति