भक्तपुरका प्रत्येक वडामा ग्यास चुल्हो मर्मत तालिम


मंसिर १९, २०८१, बुधबार | विहान ०५:३८ बजे | 60


भक्तपुरका प्रत्येक वडामा ग्यास  चुल्हो मर्मत तालिम

भक्तपुर, १९ मंसिर । भक्तपुर नगरपालिका १० नं. वडा कार्यालयको आयोजनामा ग्याँस चुल्हो मर्मत तालिम वडा अध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको प्रमुख आतिथ्यतामा वडा कार्यालयको सभा कक्षमा बुधबार सम्पन्न भयो ।
प्रमुख अतिथि लक्ष्मी प्रसाद ह्यौमिखाले जिउ धनको क्षति हुनबाट बचाउन तलिमको आवश्यकता रहेको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिका बालवालिका समाज कल्याण समितिको निर्णय अनुसार वडा वडामा यो तालिम भइरहेको बताउनुभयो । उहाँले अहिलेको समयमा पनि लैँगिक हिँसा बढिरहेको बताउदै यस वडामा पनि हिँसा विरुद्धको अभियान कार्यक्रम गर्ने बताउनुभयो । उहाँले भक्तपुर महोत्सव बारे जानकारी दिँदै वडा नं. १० को टोल टोलमा विभिन्न प्रदर्शनी हुने भएकोले यो घर घरको महोत्सव हो भन्नुभयो । उहाँले महोत्सवमा सर सफाईमा वडा वासीहरुले सहयोगको निमित्त ध्यान आर्किष्ट गर्दै खानेपानी र शौचालय व्यवस्थापनको निम्ति अनुरोध गर्नुभयो । उहाँले महोत्सले नगरबासीहरुको जीवन स्टर उठाउने र आर्थिक स्तर वृद्धि गर्ने बताउनुभयो ।
कार्यक्रममा अतिथि वडा सदस्य जितेन्द्र मुर्नकर्मीले ग्याास सिलिण्डर बिष्फोटबाट हुन सक्ने ठूलो धनजनको क्षतिबाट बचाउन यस्तो तालिमको आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा अर्का अतिथि तारा देवी शाक्यले ग्याँस चुल्होबारे ज्ञान नहुँदा सामान्य मर्मतबाट पनि ठगिएकोले त्यसबाट बच्नको निम्ति तालिमको महत्वपुर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा तालिम प्रशिक्षक गंगा राम रन्जितकार र वडा सचिव गोविन्द राम थुसाले पनि बोल्नुभएको थियो । उक्त तालिममा ३६ जना प्रशिक्षर्थीहरु सहभागी रहेको थियो ।

Comments