अविरल गंगाको छैटौं तथा अर्धवार्षिक कार्यक्रम सम्पन्न
मंसिर १८, २०८१, मङ्गलबार | दिउँसो ०२:१९ बजे | 45
अविरल गंगा साहित्य केन्द्रले यही मंसिर १६ गते आइतबार छैटौं रचना वाचन तथा अर्धवाषिर्क कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रकी अध्यक्ष गंगा लिगलको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ कवि साहित्यकार प्राज्ञ डा. हेमनाथ पौडेल प्रमुख आतिथ्यमा सम्पन्न गरिएको कार्यक्रमको संचालन हास्य व्यंग्य कविका रुपमा परिचित संस्थकी सचिव द्वारिका कुइकेलद्वारा गरिएको थियो ।
अपरान्ह ५ बजेबाट सुरु भएर ७ बजे समापन भएको यस कार्यक्रममा बिबिध बिषयमा २६ जान कवि साहित्यकारहरूले आ-आफ्ना गजल, मुक्तक, सुसेली र अन्य कविता वाचन गरेका थिए । सो अवसरमा कवि वीरबहादुर लोहनीको स्वागत गान सहित रचना वाचनबाट कार्यक्रम प्रारम्भ भएको थियो ।
प्रमुख अतिथि डा. हेमनाथ पौडेलले वाचित कविताहरूको संक्षिप्त्त टिप्पणीका साथ कविता के हो र कसरी प्रभावकारी कविता लेख्न सकिन्छ भन्ने विषयमा चर्चा गर्दै कवि साहित्यकारहरूले नेपाली भाषको जगेर्ना गर्ने महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्न सदैव उन्मुख हुनुपर्ने कुरामा जोड दिँदै आफ्नो सारगर्भित मन्तव्य रखेका थिए ।
कार्यक्रमको अन्तमा संस्थाकि संस्थापक अध्यक्ष तथा आजको कार्यक्रमकी सभापति गंगा लिगलले यस अर्धवार्षिक कार्यक्रमलाई सफल बनाउन उपस्थित सम्पूर्ण कवि साहित्यकारहरूमा धन्यवाद ज्ञापन गर्दै दिँदै गंगा साहित्य केन्द्रको स्थापना गर्नुको औचित्य र संस्थाले छ महिनामा गरेका कार्यहरूको विषयमा चर्चा गर्दै कविता वाचन गर्दै सभाको समापन गरिएको थियो ।
कार्यक्रममा रचना वाचन गर्ने उपस्थित कविहरु डा. बमबहादुर थापा ‘जिताली’ प्रमुख सेनानी इन्द्रबहादुर कार्की, दुर्गा अधिकारी भमरकोटे, प्रज्वल खनाल, सुधा वास्कोटा ढकाल, संगीता खरेल, संगीता ठाकुर, आकाश अधिकारी, जानुका थापा रायमाझी, मनकामना अधिकारी, गंगा कार्की, शारदा कार्की, शारदा आचार्य, टेकबहादुर लौँडारी, संगीता सारथी, रीता खतिवडा, उत्तम ‘बिचार’ भेटवाल, तीला लेकाली, दुर्गाप्रसाद सिग्देल, गोमविक्रम विष्ट, राजन न्यौपाने, चन्द्रा न्यौपाने, चन्द्रावती अधिकारी र लक्ष्मीप्रसाद मिश्रको सहभागिता रहेको थियो