तामाङ पत्रकार संघ काभ्रेको चौथो अधिबेशन, लोक लामा तामाङको नेतृत्वमा ८ सदस्यीय जिल्ला कार्यसमिती चयन
मंसिर १८, २०८१, मङ्गलबार | दिउँसो ०१:३२ बजे | 45
काभ्रे । तामाङ पत्रकार संघ काभ्रेको चौथो अधिबेशनबाट लोक लामा तामाङको नेतृत्वमा ८ सदस्यीय जिल्ला कार्यसमिती चयन भएको छ।
मंगलबार काभ्रेको बनेपामा सम्पन्न अधिबेशनले लोक लामा तामाङलाई सर्बसम्त चयन अध्यक्षमा चयन गरिएको हो।अधिबेशनबाट उपाध्यक्ष जीवन तामाङ , सचिब अशोकबुद्द लामा,सह-सचिब बिजय जिम्बा, काेषअध्यक्ष लाल ध्वज तामाङ , सदस्यहरु सिर्जना तामाङ , बिजय तामाङलाई चयन गरिएको छ भने एक सदस्य पछि मनोनित गरिने जानकारी सचिब लामाले दिनु भएको छ।
अधिबेशनमा तामाङ पत्रकार संघका महासचिव तिर्थमान बल, नेपाल पत्रकार महसंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाको उपस्तिथि रहेको थियो।