जलचर संरक्षणको लागि हेरालु परिचालन
मंसिर १८, २०८१, मङ्गलबार | दिउँसो १२:५३ बजे | 35
खड्क सुनार मुगु १८ मंसिर मुगु कर्णाली नदीको जलचर तथा जैविक विविधताको संरक्षण तथा निगरानिको लागि हेरालु परिचालन गरिएको छ । कर्णाली नदीको आसपासमा बसोवास गर्ने बस्तिहरु लाई केन्द्रित गर्दे मुगु कर्णाली नदीमा पाईने माछा , भ्यागुता जस्ता जीवहरुको संरक्षण तथा निगरानीको लागि ९० जना हेरालु राखिएको छ । ६ वटा समुह मार्फत एक समहुमा १५ जनाको टोलिले पालै पालो गरेर कर्णाली नदि किनारमा माछा तथा अन्य जीवहरुको संरक्षणको लागि हेरालु राखिएको हो । युएसआईडी जैविक विविधता जंग जंगलको आर्थिक सहयोग , हिमाली ग्रामिण युवा समाज विकास केन्द्र हिरिसडेक नेपालको प्राबिधिक सहयोगमा , समुदायको संलग्नतामा मुगु कर्णाली नदीका जलचर तथा जैविक विविधताको संरक्षण परियोजना अन्तर्गत यो कार्यक्रम लागु भएको छ । यसले गर्दा कर्णाली नदीमा पाईने असला जातका माछा सँगै अन्य जीवहरुको लोप हुने अवस्था र भुराभुरीको पनि विनास हुने भएको हुदा यसलाई संरक्षण गर्न जलचर संरक्षण , निगरानी अर्थात हेरालु राखिएको परियोजना अधिकृत मेरिना राना मगरले बताईन । उनका अनुसार यो कार्यक्रम छायानाथ रारा नगरपालिकाको वडा नं १,४,३,११,१२,१३ र १४ गरि ७ वटा वडाहरुमा लागु भएको बताईन । बिगतका दिनहरुमा यहाँका जुनसुकै मानिसहरुले विभिन्न प्रकारका साधानहरु जस्तै करेन्ट , बिषादी जस्ता बस्तुहरु प्रयोग गरेर माछाहरु मार्ने गरेका थिए भने अहिले यो परियोजना लागु भए पछि यस्ता साधानहरु प्रयोग गर्न बाट हटेको जानकारी दिईन । यसका कारण बस्तिहरुमा सामुदायिक जलचर संरक्षण समहुको निगरानि राख्ने ब्यवस्था गरे पछि अहिले बिस्तारै त्यस्तो प्र्रवृद्धि हटेको महसुश गर्नु भएको छ । मुगु कर्णाली जलचरको निगरानि खटिने टोलि लाई समुह मार्फत आवश्यक पर्ने जकेट , टर्च लाईट , जुत्ता , हेल्मेट , दुरविन जस्ता सामग्री प्रदान गरिएको पनि अवगत गराईन । यति मात्र नभई यो परियोजनाले समुदायमा आधारित जलचर र जैविक विविधता संरक्षणको लागि मुगु कर्णाली नदि वरीपरि बसोवास गर्ने समुदादयको क्षमता सुधार र सुदृढिकरण गर्ने अपेक्षा राखिएको छ । यता हातेमालो जलचर संररक्षण समुहकी रामचन्द्रा भाम रोकायाका अनुसार पछिल्लो समय यो कार्यक्रमको थालनी भए पछि यहाँका युवा देखि वृद्ध सम्मका मानिसहरुले सराकात्मक हिसावले लिएको बताईन । बिगतका दिनहरुमा माछा मार्नकै निम्ति नदि किनारमा जाल , पासा हाल्ने अवस्था थियो भने अहिले यो कार्य थालनी गरे पछि राम्रै प्रतिफल पाएको खुसि ब्यक्त गरिन । जलचर निगरानिमा जाँदा कुनै त्यस्तो ब्यक्ति फेला पारेमा समुहले नै कार्वाही गर्ने गरेको पनि सुनाईन ।