कमलविनायक चोफलमा सिल
जेठ २४, २०७७, शनिबार | दिउँसो ०३:५३ बजे | 20
भक्तपुर । शनिबार कोरोना पुष्टी भएपछि भक्तपुर कलविनायक चोफल क्षेत्रलाई प्रहरीले सिल गरेको छ । ३० वर्षीया गर्भवती महिलालाई कोरोना पुष्टी भएपछि राति नै प्रहरीले सो क्षेत्रलाई सिल गरेको हो ।
यसैवीच ती महिला मध्यपुर थिमि अस्पताल भक्तपुरमा आवजाउ भएको खुलेको छ । दोलखा स्थायी घर भई हाल भक्तपुर कमलविनायकमा डेरा गरी वस्ने ती महिला जेठ २१ गते अस्पतालमा भर्ना भई सोही दिन अप्रेशन गरिएको अस्पतालले शनिबार राति प्रेस विद्दप्ति प्रकाशित गरी जनाएको छ ।
सोही क्रममा अस्पतालका ६ जना चिकित्सक, १२ जना नर्सिग स्टाफ, ११ जन हेल्पर तथा एक जना ल्याब स्टाफलाई क्वारेन्टनमा राखी नेपाल सरकारको निर्देशका बमाजिम अगाडि वढने जानकारी अस्पतालले गराएको छ । अस्पतालबाट डिष्चार्ज भएकी कोरोना पुष्टी भएपछि मध्यपुर थिमि नगरपालिका, महानगरीय प्रहरी बृत, मध्यपुर थिमि तथा सीसीएमसीको टोलीसँंग बैठक बसी प्राइमरी कन्टेयाक्ट टेसिंग भइसकेको जानकारी गराइएको छ । अस्पतालमा कोरोना संक्रमणको शुरुका दिनदेखि निर्मलीकरणमा तथा स्टाफ व्यवस्थानमा विशेष ध्यान दिएकोले अस्पतालको ओपीडी सेवा तथा इमरजेन्सी सेवा तथा आईसीयू सेवा सुरुचार नै गरेको जनाइएको छ ।