महोत्सवलाई विश्व विद्यालयको रुपमा अध्ययन अध्यापन गर्ने थलोको रुपमा विकास गने


मंसिर १७, २०८१, सोमबार | दिउँसो ०१:०३ बजे | 30


महोत्सवलाई विश्व विद्यालयको रुपमा अध्ययन अध्यापन गर्ने थलोको रुपमा विकास गने

भक्तपुर, १७ मंसिर । “महोत्सवलाई विश्व विद्यालयको रुपमा अध्ययन अध्यापन गर्ने थलोको रुपमा विकास गर्ने छौं ।” उक्त भनाई कृषिजन्य उत्पादन विक्रीवितरक व्यवसायीहरुको भेला नगर प्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।
भक्तपुर नगरपालिका बजार अनुगमन समिति र कृषि समितिको आयोजनामा भक्तपुर महोत्सव २०८१ लाई लक्षित गरी कृषिजन्य उत्पादन विक्रीवितरक व्यवसायीहरुको भेला नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भनपा सभाकक्षमा सोमबार सम्पन्न भयो ।  
कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापतिले भक्तपुरलाई महोत्सवमय बनाई बाह्य र आन्तरिक पर्यटकहरुले सोचभन्दा सफा, सम्पदा संरक्षण, शिक्षा–स्वास्थ्यमा फड्को मारेको अनुभव संगालेर जान सक्ने वातावरण तयार गर्नुपर्छ भन्नुभयो । उहाँले कोरियाली राजदुत भर्खरै आएर आएर भेटमा भक्तपुरमा कोरियाली पर्यटक बढी आउने र भक्तपुर धुमेपछि अरु हेर्न नपर्ने बताएको स्मरण गर्दै नगरपालिकाले सीपमूलक तालिम दिई रहेकोमा कोरियाले कृषिमा व्यवसायिक तालिमको लागि १० रोपनीमा भवन बनाई दिने प्रस्ताव राखेको बताउनुभयो । उहाँले विभिन्न जनप्रतिनिधि र उच्च पदस्थ व्यक्तिहरु भक्तपुर हेर्न आउँदा यहाँ शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण भएको विकासदेखि प्रभावित भएको बताउँदै यहाँ जस्तै उनीहरुको आफ्नो स्थानमा विकास गर्न नसकेकोमा दुखेसो पोखेको बताउनुभयो । उहाँले विदेशीको सहयोग विना भक्तपुर विकास गर्न थोरै बजेतमा कसरी भएको भनि अच्चम हुने गरेको बताउँदै भक्तपुर पैसाले नभई जनताको सहयोग र श्रमदानले मात्र सम्भव भएको बताउनुभयो । उहाँले भक्तपुरमा जस्तो अरुले गर्न नसक्नुको कारण अरुले पैसाको लागि मात्र काम गर्दा भएको हो भन्नुहुँदै भक्तपुर र अरु ठाउँको फरक भनेको भक्तपुर चिन्तनमा धनी, सेवा र श्रमदानमा धनी भएकोले विकास सम्भव भएको त्यसैले भक्तपुरलाई आदरले हेर्ने गरेको बताउनुभयो । उहाँले खुसि पैसाले नभई सन्तुष्टिले मात्र सम्भव हुने भएकोले भक्तपुर मै बसी शिक्षा, स्वास्थ्य, रोजगार प्रवद्र्धन, ख्वप अस्पताल, घरदैलो नर्सिङ्ग सेवा, नमुना सरसफाई गरिरहेको र शैक्षिक र व्यवसायीक ऋण समेत दिई रहेको बताउनुभयो । उहाँले विश्वविद्यालयको रुपमा महोत्सवलाई अध्ययन र अध्यापन गर्ने थलोको रुपमा विकास गर्नुपर्छ भन्नुभयो । उहाँले सरसफाईमा चिन्ता व्यक्त गर्दै आफ्नो ठाउँ आफै सफा गरौं भने भावनाले काम गर्न व्यवसायीहरुलाई आव्हान गर्नुभयो । उहाँले महोत्सवमा कमिकमजोरी भए त्यसको परिणाम नकारात्मक सन्देश जाने बताउँदै भक्तपुर महोत्सवलाई जनताको महोत्सव, साझा महोत्सव बनाउनुपर्छ भन्नुभयो ।
कार्यक्रम भनपा ३ नं वडाध्यक्ष एवम् कृषि समिति र बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराले भक्तपुरमा बसेर कृषि व्यवसाय गरेर जीविको पार्जन गर्ने व्यवसायीहरुले नगरपालिका प्रति जिम्मेवार भई ऐन नियम परिधि भित्र बसेर व्यवसाय गर्न अनुरोध गर्नुभयो । उहाँले भक्तपुर महोत्सव नगरपालिकाको लागि नभई नगरबासी र व्यवासयीहरुको आर्थिक र व्यवसायी प्रवद्र्धनको निम्ति भएको बताउनुभयो । उहाँले ५ दिनको महोत्सवले प्रभावित भए वीस बर्षसम्म पनि भक्तपुरमा पर्यटकहरु आउने त्यसले हाम्रो व्यवसाय प्रवद्र्धन र रोजगारी सृजना हुने बताउनुभयो । उहाँले कृषि उत्पादन प्रदर्शनी स्थल पसिखेलमा आ–आफ्नो कृषि उपज उत्पादनको स्टल राख्न र दिन भरि राख्नेलाई रु.५००।– र अरुलाई न्युन शुल्कमा स्टर बुकिङ्ग गर्न अनुरोध गर्नुभयो । 
कार्यक्रममा भक्तपुर महोत्सव सचिवालयका गौतम प्रसाद लासिवाले ताइवानको कृषि व्यवसायको अनुभव सुनाउँदै व्यवस्थित महोत्सवमा कृषि उत्पादन प्रदर्शनी नमूना र उदाहरणीय भए हाम्रो पनि अनुभव लिएर जाने बताउनुभयो । उहाँले भारतबाट आउने कृषि उपजमा विषादी हुने भएकोले उपभोग्य सामान विषादी मुक्त हुनु पर्छ भन्नुभयो । उहाँले महोत्सवबाट पर्यटकीय गन्तव्य स्थल बनाउने टेवा पुग्ने बताउँदै पर्यटन सेवा शुल्कबाट शिशुस्याहारदेखि कलेज, ख्वप अस्पताल, शैक्षिक ऋण, सम्पदा संरक्षण भई रहेको बताउनुभयो ।
कार्यक्रममा वडा निरिक्षक रामकृष्ण प्रजापतिले कृषिजन्य उत्पादन विक्रिवितक व्यवसायिहरुले महोत्सव पाँच दिन कृषि उत्पादन प्रदर्शनी स्थल पसिखेलमा स्टल राख्न, महोत्सवमा बाह्य र आन्तरिक पर्यटकको धुईचो बढ्ने भएकोले हिडडूल गर्न सजिलो हुने गरी सडक पेटी र पेटी मुनि सामान नराख्न, उपभोग्य बस्तु माछा, मासु, फलफुल र तरकारीहरु उपभोग गर्न योग्य मात्र बेचविखन गर्न, पर्यटकहरुलाई नम्र बोली र राम्रो व्यवहार गर्न, सरसफाईमा ध्यान दिन, शान्ति सुव्यवस्था कायम गर्न अनुरोध गर्नुभयो ।  

Comments