बौद्ध विद्वान कृष्णकुमार प्रजापतिलाइ सम्मान
मंसिर १७, २०८१, सोमबार | विहान ०६:५६ बजे | 60
नगदेश बुद्ध बिहार मध्यपुर थिमिमा नेपाल राष्ट्रिय ज्ञानमाला समिति अन्तर्गत भक्तपुर जिल्ला क्षेत्रिय उपसमितिको छैठौं स्थापना दिवस एवं बौद्ध विद्वान कृष्णकुमार प्रजापतिज्यूलाइ सम्मान गरियो ।
भक्तपुर जिल्ला क्षेत्रिय उपसमितिको संयोजक गणेशराम प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा श्रद्धेय अनागारिका गौतमी गुरूमाले पञ्चशील प्रदान गर्नु भयो । प्रमुख अतिथ नेपाल राष्ट्रिय ज्ञानमाला समितका अध्यक्ष एवं वरिष्ठ गायिका रमना श्रेष्ठज्यूले बुद्धमूर्ति भएको सुकुन्दामा दीप प्रज्वलन गरि समारोहको उद्घाटन गर्नु भई बौद्ध विद्वान कृष्णकुमार प्रजापतिज्यूलाई दोसल्ला ओधाई ताम्रपत्र सहित सम्मान गरियो । साथै कृष्णकुमार प्रजापतिजुको योगदान र ज्ञानमाला भजन विषय बोल्नु भई ज्ञानमाला भजन गर्ने र नगर्ने बिचमा हुनु पर्छ भन्नुभयो । विशेष अतिथि केन्द्रीय महासचिव ईन्द्रमुनि शाक्यज्यूले ज्ञानमाला भजन गाए जस्तै व्यवहारमा पनि प्रयोग गर्नु पर्ने बताउनु भयो ।
भक्तपुर जिल्ला क्षेत्रीय उपसमितिका सचिव तुलसीकाजी मानन्धरले वार्षिक प्रतिवेदन दिनु भयो भने कोषाध्यक्ष कृष्णभक्त हाँय्जुले आर्थिक प्रतिवेदन दिनु भयो ।
सम्मानित व्यक्तित्व कृष्णकुमार प्रजापतिले बुद्धधर्ममा लागेको अनुभव बताउनु भयो । नेपाल राष्ट्रिय ज्ञानमाला समितिका सल्लाहकार डा. पुष्परत्न शाक्य, मध्यमाञ्चल उपाध्यक्ष पुण्यरत्न शाक्यले ज्ञानमाला भजनको शुरुआतबेला र अहिलेको समय फरक र धेरै प्रगति भएको बताउनु भयो ।
कार्यक्रमका सभापति गणेशराम प्रजापतिले कृष्णकुमार प्रजापतिज्यूको छोटोे परिचय दिनुभयो । कार्यक्रममा भक्तपुर जिल्ला क्षेत्रीय उपसमितिका सह-संयोजक गौतम बज्राचार्यले स्वागत भाषण गर्नु भयो भने धन्यवाद ज्ञापन रत्नभक्त हाँय्जुले दिनुभयो ।
कार्यक्रम शुरू हुनु अगाडि विभिन्न ज्ञानमाला भजन खलःहरूबाट करिब २ घण्टा ज्ञानमाला भजन प्रस्तुत गरिएको थियो ।
पञ्चशील प्रार्थना गरि शुरूगरिएको कार्यक्रम पुण्यानुमोदन गरि सम्पन्न गरिएको थियोे ।