तामाङ पत्रकार संघ भक्तपुरको अध्यक्षमा छेडुप निर्वाचित
मंसिर १५, २०८१, शनिबार | विहान ११:०५ बजे | 40
भक्तपुर । तामाङ पत्रकार संघ भक्तपुर शाखाको चौथौं अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भक्तपुरमा भएको अधिवेशनबाट निर्वाचित कार्यसमितिमा
अध्यक्षः छेडुप तामाङ, उपाध्यक्षः गणेश बज्र लामा, सचिवः सृजना पाख्रिन, सहसचिवः मिङ्मा योञ्जन, कोषाध्यक्षः बुद्धि माया तामाङ निर्वाचित भएका छन् ।
सदस्यहरूमा सुरेन तामाङ छ्युमी, जगत घिसिङ, निमा ब्लोन, मिङ्मा डोल्पा योञ्जन, डिबी गोले तामाङ, दावा दोर्जे तामाङ, प्रयास गोले, विक्रम तामाङ, अर्जुन तामाङ र दावा मोक्तान तामाङ रहेका छन् । निर्वाचित सम्पूर्णलाई बधाई ।