कला, संस्कृति र संस्कार सिक्ने सिकाउने अवसरको रुपमा महोत्सव
मंसिर १५, २०८१, शनिबार | विहान १०:५२ बजे | 45
भक्तपुर, १५ मंसिर । भक्तपुर नगरपालिकाको पाक्षिक सरसफाई कार्यक्रम अन्तर्गत भक्तपुर महोत्सवलाई केन्द्रीत गरी प्रत्येक वडा वडामा सरसफाई कार्यक्रम गरेकोमा भनपा १० वडामा स्थानीय टोलबासी, विभिन्न संघ संस्था, विद्यालय, सहकारीहरुको सहभागितामा महालक्ष्मी, थालाछें, नागपोखरी, बेखाल, दिपंकर महाविहार, क्वाठण्डौं लामगाल हुँदै कमलविनायकमा पुगी समापन भयो ।
कार्यक्रम १० नं वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाले कला संस्कृति र संस्कार सिक्ने सिकाउने अवसरको रुपमा महोत्सव हुने बताउँदै मंसिर २८ गतेदेखि पुस २ गतेसम्मको भक्तपुर महोत्सव सफल पार्न सरसरफाई कार्यक्रम गरेको बताउनुभयो । उहाँले जनता र टोलबासी माझ महोत्सव पु¥याउने, प्रचारप्रसार गर्न सरसफाई कार्यक्रम आयोजना गरेको बताउँदै भक्तपुरको शैक्षिक विकास, स्वास्थ्यमा प्रगति र नमूना सरसफाइको अनुभाव समेत बटुल्न पाउने हेटुले महोत्सवलाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्न पर्यटकहरुको सुरक्षामा समेत मध्ये नजर गरी व्यवस्थित महोत्सव हुने बताउनुभयो । उहाँले वडा नं १० मा मात्र बासुरी प्रतियोगिता, नौका विहार, खाना महोत्सव, परम्परागत धागो रंगाउने, परम्परागत तेल मिल, नेवारी जीवन शैलीको विभिन्न कार्यक्रमहरु हुने बताउनुभयो ।
कार्यक्रममा वडा सचिव रामगोविन्द श्रेष्ठ र वडानिरिक्षक रामकृष्ण प्रजापतिले पनि महोत्सव र सरसफाइ बारे बोल्नु भएको थियो ।