भक्तपुर महोत्सव ः एकैदिन गरियो सवै वडाहरुमा सरसफाई
मंसिर १५, २०८१, शनिबार | विहान ०८:०८ बजे | 80
भक्तपुर । यही मंसिर २८ गतेदेखि हुने पाँंचदिने भक्तपुर महोत्सवलाई सफल बनाउन शनिबार भक्तपुरमा हजारौ नगरबासीले भक्तपुर नगरभरि सरसफाई गरेका छन् । भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्मकै वडा कार्यालयहरुको छुटाछुटै आयोजनामा आआफनो वडाहरुमा सरसफाई कार्यक्रम गरिएको हो । महिनामा दुई पटक नियमित सरसफाई कार्यक्रम हुँंदै आएकोमा शनिबार एकैपटक महोत्सव लक्षित गरी सवै वडाहरुमा सरसफाई कार्यक्रम भएको नगरपालिकाले जनाएको छ । सरसफाईको क्रममा वडावडामा वडाबासी, वडाका स्कुल, कलेज, वाचनालय, टिम, क्वलका हजारौं मानिस सहभागी थिए । सवै वडा कार्यालयहरुमा वडा अध्यक्षहरुको नेतृत्वमा सरसफाई कार्यक्रम भएको थियो । यसबाहेक नगरपालिकाले कर्मचारीहरु लगाएर निरन्तर ठाउँंठाउँंमा पनि विशेष सरसफाई कार्यक्रम गर्दै आएको जनाएको छ ।