लालिगुराँसको स्कुल स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न
मंसिर १३, २०८१, बिहीबार | विहान ०८:२० बजे | 60
काठमाडौं। लालिगुराँस क्रियसन मिडिया नेपालको आयोजनामा प्रथम स्कुल स्तरीय लोक निर्त्य प्रतियोगिता सम्पन्न भएको छ।
काठमाडौंको बनस्थलिमा सम्पन्न भएको उक्त प्रतियोगितामा उपत्यकाका २५ ओटा बिद्यालयको सहभागिता रहेको थियो।प्रतियोगितामा नागार्जुन भ्याली एकाडेमि प्रथम , केटीम भ्याली स्कुल दोस्रो एईए स्कुल तेस्रो हुन सफल भएको थियोे ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो भएका बिद्यालयलाई नगद, ट्रफि, मेडलको साथमा सम्मान पत्र प्रदान गरिएको थियो ।उपत्यकामा रहेको बिद्यालयका विद्यार्थीहरुको कलालाई प्रस्फुटन गर्ने र एकअर्काका प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको मिडिया नेपालका संचालक ईन्द्र बिन्दासले जानकारी दिनु भएको थियो। कार्यक्रम सँस्थाका सल्लाहकार नारायण राजथालाको सभापतित्वमा सम्पन्न भएको थियो।