भक्तपुर महोत्सव प्रचारार्थ दुई दिने खुल्ला फोटोग्राफी तालिम


मंसिर १२, २०८१, बुधबार | दिउँसो १२:२१ बजे | 40


भक्तपुर महोत्सव प्रचारार्थ दुई दिने खुल्ला फोटोग्राफी तालिम

भक्तपुर, मंसिर १२। फोटोग्राफी समाज नेपाल भक्तपुरको आयोजनामा यहीँ मंसिर २८ गतेदेखि पुष २ गतेसम्म हुने पाँच दिने भक्तपुर महोत्सव २०८१ को प्रचारार्थ Faces of Bhaktapur विषयमा २ दिने खुल्ला फोटोग्राफी तालिम र अभिमुखीकरण कार्यक्रम संचालन हुने भएको छ । 

तालिममा बरिष्ठ फोटोग्राफर दिपेन्द्र बज्राचार्यले दुई दिन नै प्रशिक्षार्थीहरूलाई प्रशिक्षणको लागि सहजीकरण गर्ने फोटोग्राफी समाज नेपालका अध्यक्ष बालकृष्ण बनमालाले जानकारी दिँदै तालिमका प्रशिक्षार्थीको फोटोहरु क्वाठण्डाैं स्थित पोखरीको बाहिरी पर्खालमा प्रदर्शन हुने बताउनुभयो । उहाँले तालिममा सहभागी हुने प्रशिक्षार्थीहरुले अनलाइन फारम भरेर रू. १०० मा नाम दर्ता गर्न आह्वान गर्दै तालिममा सहभागी प्रशिक्षार्थीहरुको उत्कृष्ट फोटाहरु भक्तपुर महोत्सव अवधिभर नै प्रदर्शन हुने र प्रदर्शन गर्न नसकिने फोटोहरुलाई प्रोजेक्टरको माध्यमबाट प्रदर्शनी गर्ने जानकारी दिएको छ । फोटोग्राफी तालिम तथा अभिमुखीकरण यहीँ मंसिर १४ शुक्रबार र १५ शनिबार बिहान ७ बजे दुई दिन हुनेछ ।

Comments