भक्तपुर महोत्सवलाई लक्षित गरी सफाईकर्मीहरुको भेला


मंसिर ११, २०८१, मङ्गलबार | दिउँसो १२:२८ बजे | 60


भक्तपुर महोत्सवलाई लक्षित गरी सफाईकर्मीहरुको भेला

भक्तपुर, ११ मंसिर । भक्तपुर महोत्सव २०८१ लाई लक्षित गरी भक्तपुर नगरपालिकाका सफाईकर्मीहरुको भेला कार्यक्रम उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा भनपा सभाकक्षामा मंगलवार सम्पन्न भयो । 
कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख रजनी जोशीले उपत्यका बाहिरका कोही महानुभावहरु काठमाण्डौं पसेपछि भक्तपुर आउनै पर्ने वातावरण बनि सकेको बताउँदै ‘हाम्रो कला संस्कृति, संस्कार र कलाकारिता क्षेत्र पहिलोको अवस्था कस्तो थियो, अहिले कस्तो छ र कस्तो पायौं, भोलि कस्तो हुने छ ?’ भने देखाउने महोत्सव भएको बताउनुभयो । उहाँले स्वच्छ, स्वस्थ्य र शान्त भक्तपुर हो भन्ने सन्देशका साथ हराउन लागेको सम्पदाहरु जगेर्ना र संरक्षण त्यस्तै लोप हुन लागेको चाँडपर्वलाई व्युताउने कार्यसमेत भक्तपुर नपाले गरेको बताउनुभयो । उहाँले सफा नगर बनाउन सफाईकर्मीहरुको मेहनत कम नभएको बताउँदै भक्तपुर महोत्सवमा पनि त्यस्तै मेहनत गरी सफाको साख वा ख्यातीमा कमि आउन नदिने आशा व्यक्त गर्नुभयो । उहाँले प्लाष्टिकको प्रयोगलाई निरुत्साहित बनाई चाँडपर्व, भोजभटेर र महोत्सवमा बढी फोहर उत्सर्जन हुने बताउँदै त्यसमा कुहिने बस्तु ७० प्रतिशत भएकोले त्यसलाई मल बनाई व्यवस्थापन गर्न सके नकुहिने ३० प्रतिशत फोहर पुनप्रयोग, पुनचक्रयका साथै बेचबिखन गर्न सक्ने बताउनुभयो । उहाँले सफाई सम्मानित कार्य भएको बताउँदै महोत्सबमा पनि अझ बढी सफाईको दायित्व बोध कर्तव्य पालन गरेर अनुशासित भई महोत्सवमा काम गरी विशेष सम्मानित हुन निर्देशन दिई सफाइ मजदुरहरुले तल्लो स्तरको काम भनि हिनताबोध गर्नु हुँदैन भन्नुभयो । उहाँले महोत्सवमा कलासंस्कृति भनेको बोलिबचन, सभ्य व्यवहार, अतिथिदेव भव, आदर र मुस्कान सहितको सद्भाव, सत्कार, खानेबस्ने, रहनसहन समेत भएकोले सभ्य नागरिकको परिचया दिई सुसंस्कृत हुन निर्देशन दिनुभयो । 
कार्यक्रममा भनपा वडा नं ९ का वडाध्यक्ष एवम् वातावरण समितिका संयोजक रविन्द्र ज्याख्वले सरसफाई सभ्याता परिचय भएको बताउँदै सरसफाईबाट निरोगी भई निरोगी व्यक्तिलेमात्र समाजको सेवा गर्न सक्ने भएकोले हिजो भन्दा आज सभ्य समाज प्रगतिशील समाजमा पर्दापण भएकोले सफाई मजदुरलाई हेर्ने दृष्टिकोणमा पनि सम्मानित देखिएको छ भन्नुभयो । उहाँले सफाई कार्य सुसंस्कृत, सम्मानित र मर्यादित पेशा भएको बताउँदै नगरबासीहरु सफा भएर बस्ने चाहने विश्व सम्पदा सुचिमा सुचिकृत भक्तपुर विश्वको भएको बताउनुभयो । उहाँले सफा, सुन्दर, शान्त, सुरक्षित र सभ्य नगर भक्तपुरमा हुने महात्सवमा विहानदेखि बेलुकासम्म कर्तव्य र दायित्व पुरा गर्ने, जथाभावी फोहर गर्न नदिन सचेत गर्ने, हरेक समयमा उपस्थिति देखिने गरी काम गरी भक्तपुर महोत्सव हामी सबैको उत्सब बनाउनुपर्ने बताउनुभयो । उहाँले ड्युटि पुरा गरेर महोत्सव मनाउन र कर्मचारीहरुको परिचय खोल्ने पोशाक र सफाईको आवश्यक उपकरण सहितको मेहनती, कर्तव्य र लगानीको थप समाचार बन्ने गरी महोत्सबको ५ दिन विदा नलिन र विरामी नहुन निर्देशन दिनुभयो । 
कार्यक्रममा सचिवायलय संयोजक गौतम प्रसाद लासिवाले हाम्रो कामले जस अपजस पनि हामीले नै पाउने भएकोले चुनौतिको बेला परिक्षण हुने बताउँदै सबैको मन जित्ने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले महोत्सवमा मेहनतका साथ काम गर्नुपर्ने बताउँदै अरु सबै महोत्सवमा रमाई रहने बेला हामी काममा खतिएर महोत्सव सफल बनाउनुपर्ने बताउनुभयो । उहाँले काम गर्ने शारीरिक बलले भन्दा मनको चाहनाले हुने भएकोले मनलाई जाँगर बनाई काम गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा श्यानिटेशन उपशाखाका प्रमुख दिलिप कुमार सुवालले स्वागत र वडानिरिक्षक रामकृष्ण प्रजापतिले संचालन गर्नु भएको थियो ।  

Comments