रास्वपाले भक्तपुरमा खुल्ला सभा गर्ने


मंसिर ९, २०८१, आइतबार | दिउँसो ०२:४५ बजे | 50


रास्वपाले भक्तपुरमा खुल्ला सभा गर्ने

भक्तपुर । राष्टिय स्वतन्त्र पार्टी भक्तपुरले जिल्लामा खुल्ला सभा गर्ने भएको छ । मंसिर २२ गते शनिबार विहान सभा गर्न लागेको हो । 
सभा विहान ७ बजे जिल्लाको मध्यपुर थिमि शंखधर चोक थिमि भक्तपुरबाट सुरु हुने जनाइएको छ । त्यहाँंबाट आठ बजे दुई पोखरी पुगेर सभामा परिणत हुने जनाइएको छ ।
जिल्ला पार्टी कमिटी भक्तपुरको आयोजनामा कार्यक्रम हुन लागेको हो । पार्टीले यसलाई भक्तपुर जिल्लाको ऐतिहासिक जिल्ला भेलाको अवसरमा खुल्ला सभा नाम दिएको छ । 

Comments