मनाइयो डा इन्दुल केसीको ८४ औं जन्मोत्सव
मंसिर ९, २०८१, आइतबार | विहान ०५:०८ बजे | 30
शब्द यात्रा प्रकाशन नीलकण्ठेश्वर धाम परिसरमा बहुमुखी प्रतिभाका धनी अग्रज डा इन्दुल केसीको ८४ औं जन्मोत्सव , शब्दयात्रा प्रकाशन र वहाँका परिवार सदस्यहरको संयुक्त आयोजनमा धुमधाम साथ मनाइयो ।
धार्मिक विधि अनुसार पूजा गुरु पाैडेल गर्नुभएको थियोे भने औपचार कार्यक्रमको अध्यक्षता शब्दयात्रा प्रकाशनका अध्यक्ष हरिमञ्नुश्री अग्रासनमा अग्रज डा इन्दुल केसी ,मच्छेश्वर सापकोटा ,पदम दाहाल हुनुहुन्थ्यो ।
आतिथ्य सत्कार जयनारायण नेपालले , डा केसीको जीवनी बारे जानकारी पदम दाहालले , शुभकामना मन्तब्य हरिमञ्जुश्रीले र कार्यक्रम संचालन शिव बञ्जाराले प्राकृति विपद कोषमा उठेको रकम बारे जानकारी कालिका त्रिपाठी पन्तले र कार्यक्रम ब्यवस्थापन सहयोग संगीता केसी खड्काले गर्नुभएको थियोे ।
उक्त अवसरमा विद्वत मित्र इन्दुल केसी बारेमा सत्य मोहन जोशी द्वारा लिखित ,रोशन मञ्जुश्री अधिकारी द्वारा संपादित " ३० भागामा अनुबाद गरिएको " दुई थुँगा फूल कृतिको सार्वजनिकीकरण ,केही भाषामा वाचन र डा केसीका बिषयमा रचित कबिता समेत वाचन गरिएको थियोे ।
साथै शब्दयात्रा प्रकाशन अक्षर सेवी कोषबाट प्राकृतिक बिपत्तिमा परेका साहित्य सेवी पत्रकार आर सी बिरही लाई रु २५०००/- र डा इन्दुल केसीबाट ब्यक्तिगत रु ५०००/- सहयोग समेत प्रदान गरिएको थियो ।
८४ औं जन्मोत्सवको सुखद उपलक्ष्यमा अग्रज मित्र डा इन्दु केसीलाई हामी सबैको तर्फबाट आरोग्यता तथा दीर्घ जीवनको हार्दिक शुभकामना