भक्तपुरका तीनजना पत्रकारहरुलाई गरियो सम्मान


मंसिर ८, २०८१, शनिबार | दिउँसो १२:०२ बजे | 35


भक्तपुरका तीनजना पत्रकारहरुलाई गरियो सम्मान

भक्तपुर । भक्तपुरमा तीन जना पत्रकारहरु सम्माति भएका छन् । स्वतन्त्र पत्रकार कृष्ण किसी, जनसञ्चार टेलिभिजनका प्रोपाइटर सुरेशप्रसाद संैजू र चाँंगुपत्र साप्ताहिकका प्रकाशक सम्पादक हरिसुन्दर छुकां सम्मानित भएका हुन् ।
उनीहरु तीनै जनालाई नेपाल स्काउट बागमती प्रदेशका अध्यक्ष शिवराम अर्यालले फुलको माला लगाइदिएर प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन् । ग्लोबल स्काउट ट्रुप भक्तपुरले शनिबार गरेको पेटोल कुकिंग कम्पिटिशन एण्ड स्काउट गाइडेन्स कार्यक्रम (स्काउटहरुवीच खाना पकाउने प्रतियोगिता) मा उनीहरु तीनै जनालाई सम्मान गरिएको हो । 
कार्यक्रममा नेपाल स्काउटका पूर्व केन्द्रिय सचिव एवं वरिष्ठ स्काउटर रामगोपाल कर्माचार्य, भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका स्थानीय स्काउट प्रमुख तुल्सीहरि प्रजापति, नेपाल स्काउट बागमती प्रदेशका सामुदायिक विकास आयुक्त धर्मभक्त, स्काउटका राष्टिय प्रशिक्षक पवन वल्ल, कार्यक्रम संयोजक जीवन सुवाल, आयोजक ग्लोबल स्कुलका प्रिन्सिपल कृष्णभक्त ङाखुसी, रत्न चवाललगायतले सम्मानित पत्रकारलाई वधाई तथा शुभकामना दिए । नेपाल स्काउटको प्रचारप्रसारमा सहयोग गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।  

Comments