ओस्ला सहकारीको अध्यक्षमा पुनःरोशन बज्राचार्य


मंसिर ३, २०८१, सोमबार | विहान १०:५२ बजे | 90


ओस्ला सहकारीको अध्यक्षमा पुनःरोशन बज्राचार्य

सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा न ४ दथुटोलस्थित ओस्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक अध्यक्षमा पुन रोशन बज्राचार्य सर्वसम्मत निर्वाचित हुनुभएको छ । संस्थाको १४ औं वार्षिक साधारणसभाबाट आगामी ४ वर्षका लागि ओस्ला सहकारीको अध्यक्षमा पुनः रोशन बज्राचार्य निर्वाचित हुनु भएको निर्वाचन प्रमुख भरत श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी संस्थाको सञ्चालक उपाध्यक्षमा दिकेश बज्राचार्य, सचिवमा नन्द सायँ श्रेष्ठ र कोषाध्यक्षमा सुशील जोशी सर्वसम्मत निर्वाचित हुनु भएको छ । त्यसैगरी सञ्चालक सदस्यहरुमा तुल्सीराम श्रेष्ठ, शम्भुजय श्रेष्ठ र प्रकाश शाक्य सर्वसम्मत चयन हुनु भएको छ । त्यसैगरी लेखा संयोजकमा ओम कृष्ण श्रेष्ठ र सदस्यद्धयमा दिवेश श्रेष्ठ र सुधा श्रेष्ठ चयन हुनु भएको छ । 
ओस्ला सहकारीका अध्यक्ष रोशनकाजी बज्राचार्यको सभापतित्वमा भएको उक्त १४ औं वार्षिक साधारण सभाको उद्घाटन परम्परागत बाद्य एवं नृत्य गुरु श्रीगोपाल प्रजापतिले कलात्मक पानसमा दिप प्रज्वलन मार्फत गर्नु भएको थियो । ओस्ला साकोसका अध्यक्ष रोशन बज्राचार्यले संस्थाको वािर्षक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्यहरुको आर्थिक उन्नति, सामाजिक विकास, सांस्कृतिक उत्थानदेखि स्वास्थ्य शिक्षा एवं सीपविकासका कार्यक्रमलाई प्राथमिकता दिएको बताउनु भयो । अध्यक्ष बज्राचार्यले १९ सय ३३ जना शेयर सदस्य र ३ करोड जारी शेयर पुँजी रहेको तथ्य प्रस्तुत गर्दै संस्थाको भावी नीति तथा कार्ययोजना बुदाँगतरुपमा प्रस्तुत गर्नुभयो । कार्यक्रममा संस्थाका सचिव दिकेश बज्राचार्यले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुशील जोशीले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष नन्दसाँय श्रेष्ठले स्वागत र सञ्चालक सदस्य शम्भुजय श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा लेखा संयोजक प्रकाश शाक्यले लेखा सुपरीवेक्षण समितिको प्रतिवदेन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका सहकारी शाखा प्रमुख अभयन्द्र रञ्जित, ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठ, बाबा सहकारीका अध्यक्ष उमेश श्रेष्ठ, लेखा परीक्षक बालचन्द्र श्रेष्ठ लगायतका अतिथि वक्ताहरुले शेयर सदस्यहरुले पनि सहकारीका साथै वित्तिय ज्ञान लिनु पर्नेमा जोड दिदैं शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । शंखधर बैंक्वेटमा भएको उक्त कार्यक्रममा सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरिएको नवनिर्वाचित अध्यक्ष रोशन बज्राचार्यले जानकारी दिनुभयो ।

Comments