नेमकिपाबाट कीर्तिपुर नगर प्रमुखमा महर्जनको उम्मेदबारी दर्ता
मंसिर २, २०८१, आइतबार | दिउँसो ०१:२८ बजे | 90
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) कोतर्फबाट कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा श्रीकृष्ण महर्जनले उम्मेदवारी दिएका छन् । वडा नं १ र ४ को वडा अध्यक्ष पदका लागि क्रमशः कृष्णप्रसाद महर्जन र महेश्वर सुवेदीको उम्मेदवारी मनोनयन दर्ता भएको पार्टीले जनाएको छ । उपनिर्वाचन मंसिर १६ गते हुनेछ । महर्जन पार्टीका पूर्व केन्द्रिय सदस्य हुन् ।