दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि नेमकिपाबाट मगर


मंसिर २, २०८१, आइतबार | विहान ११:१९ बजे | 45


दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि नेमकिपाबाट मगर

दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि ७ दलबाट तामझामसहित मनोनयन दर्ता गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय गैडावाजमा सात दलबाट उम्मेदवारहरूले मनोनयन दर्ता गरेका हुन्।

नेपाली काँग्रेसबाट झलक बहादुर भण्डारी, नेकपा माओवादी केन्द्रबाट जंगबहादुर बराल मगर,नेकपा एसबाट जगत बहादुर हमाल, नेकपा एमालेबाट जंगबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश कुमार बुढा, राप्रपाबाट सुर्जे रावत र नेमकिपाबाट दुर्ग बहादुर मगरले गाउँपालिका अध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका छन् ।सबै दलहरूले बाजागाजासहित जुलुस निकालेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुगेका थिए।

Comments