ब्रह्माकुमारीज ज्ञानसरोवर एकेडेमी तथा रिट्रिट सेन्टरको समुद्घाटन
मंसिर २, २०८१, आइतबार | विहान १०:१९ बजे | 60
राष्ट्रपति रामचन्द्र पौडेलज्को प्रमुख आतिथ्यमा ब्रह्माकुमारीज नेपालद्वारा नवनिर्मित (ब्रह्माकुमारीज ज्ञानसरोवर एकेडेमी तथा रिट्रिट सेन्टर) को आज एक भव्य समारोहका बीचमा अत्यन्तै सौहार्द वातावरणमा समुद्घाटन सुसम्पन्न भयो ।
सो समुद्घाटन समारोह ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र नेपालका निर्देशक राजयोगिनी राजदादी माँको अध्यक्षतामा सम्पन्न भएको हो ।
समुद्घाटन समारोहलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि सम्माननीय राष्ट्रपति पौडेलले समुद्घाटन समारोहमा उपस्थिति भई यस प्रकारको अत्यन्तै पुनीत र सार्थक कार्यक्रमको समुद्घाटन गरि आफ्नो मनोभावना समेत राख्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि सम्माननीय राष्ट्रपति पौडेलले नेपालमा करिब छ दशक देखि र विश्वमा ८७ वर्ष देखि शान्ति, सद्भाव र भाइचाराकोे उत्थानमा लागेको ब्रह्माकुमारीज नेपालले मानवमात्रको चरित्र र कर्म उत्थान गर्ने पवित्र अभिप्रायले निर्माण गरेको सो ज्ञानसरोवर एकेडेमी तथा रिट्रिट सेन्टरबाट स्थानीय वासी लगायत समस्त देशवासी र आगन्तुक पर्यटकहरुको श्रेष्ठ चिन्तन, संयमित चरित्र र संस्कार निर्माण गरि सुखी र शान्त समाजको स्थापनामा सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो ।
आफ्नो संवोधनका क्रममा सम्मानीय राष्ट्रपति पौडेलले भन्नु भयो - वर्तमान निराशा, संशय, वैरभावकोे भयले आक्रान्त भागदौड र तनावपूणर् परिवेशमा अध्यात्म चिंतन योगध्यान अभ्यास र विश्व बन्धुत्वको भावना बाट नै समाजमा शान्ति र उन्नति सम्भव हुने र संस्थाको अभियान ले सभ्य शान्त समाजको निर्माण मा ठूलो टेवा पुर्याएको धारणा राख्नु भयो।
संस्थाले आध्यात्मिक ज्ञान र राजयोगको माध्यमबाट श्रेष्ठ गुणवान सच्चरित्रवान र चिंतनशील नागरिक निर्माण गरी समाज र राष्ट्रलाई सकारात्मक दिशा प्रदान गरेकोमा उहाँले संस्था र यसको अभियानको सह्राहना समेत गर्नुभयो ।
सम्मानीय राष्ट्रपति पौडेलले भन्नु भयो - संस्था र नवनिर्मित यस स्थानबाट नागरिकको चिंतनको चरित्र र जीवनशैलीलाई समेत माथि उठाउन सघाउ पुर्याउने अपेक्षा गर्दछु ।
सम्मानीय राष्ट्रपति पौडेलले आयोजक ब्रह्माकुमारी संस्था र यसको नेतृत्वमा रहेर कार्य गर्नुहुने यसका साधक साधिका ब्रह्मावत्सहरुको निरन्तर प्रगतिको कामना गर्दै कार्यक्रम र अभियानको सफलता र उत्तरोत्तर प्रगति कोे कामना गर्नुभयो।
त्यसअघि स्वागत मन्तव्य दिनुहुंदै राजयोगी ब्रह्माकुमार रामसिंह ऐरले यो स्थान ध्यान साधना अध्यात्म विज्ञान र शिक्षाको त्रिवेणीको रुपमा स्थापित भएकोमा स्वयं राष्ट्रका सर्वोच्च अभिभावक महामहिम राष्ट्रपतिज्यूको करकमलबाट महान योगी तपस्वि आत्माहरुको ऐतिहाँसिक समागममा ब्रह्माकुमारीज नेपालको इतिहासमा यो समुद्घाटन एक नवीन र अत्यन्त महत्वपूणर् अध्याय भएको बताउनु भयो ।
आफ्नो मन्तव्यको क्रममा विशिष्ट अतिथिको रुपमा रहनुभएका नेपाल सरकारका माननीय उपप्रधान मन्त्री तथा शहरी विकास मन्त्री श्री प्रकाशमान सिंहज्यूले आफ्नो तथा आफ्नो सम्पूर्ण परिवारकोे ब्रह्माकुमारी परिवार संग घनिष्ठ रहेको, खासमा आफूलाई संस्थाका साधक साधिकाहरुको अनुहारको दिव्य आभा र चमकले निकै आकर्षित गरेको बताउनु हुँदै संस्थाको मानव चरित्र निर्माण मा अतुलनीय भूमिका रहनु का साथै अर्को विशिष्ट पक्ष यसको ब्यवस्थापन अत्यन्तै उत्कृष्ट रहेको बताउनु भयो।
संस्थाले विश्वव्यापि रुपमा शान्ति, विश्वबन्धुत्व र एकताको सन्देश प्रवाह गरी एक सुखी र समृद्ध समाजको निर्माणमा आफ्नो अभूतपूर्व भूमिका निर्वाह गरिरहेको बताउनु हुँदै गर्नुभयो संस्थाको यो भगिरथ कार्य सबैका लागि उदाहरणीय रहेको स्पष्ट पार्नु भयो ।
सो अवसरमा संस्थाका वरिष्ठ राजयोगी ब्रह्माकुमार तिलकज्यूले संस्था र नवनिर्मित ज्ञानसरोवर परिसरको संक्षिप्त परिचय र इतिहास प्रस्तुत गर्नुहुँदै यो स्थानबाट स्थानीय वासि लगायत आन्तरिक एवं बाह्य आगन्तुकहरुको विचार व्यवहार र जीवनमा सकारात्मक प्रभाव र प्रेरणा प्राप्त हुने बताउनु भयो ।
संस्थाको अन्तर्राष्ट्रिय मुख्यालयबाट पाल्नुहुने ब्रह्माकुमारीज वैश्विक संगठनका कार्यकारी सचिव राजयोगी डा ब्रह्माकुमार मृत्युञ्जयज्यूले कार्यक्रमको मुख्य वक्ताको रुपमा आफ्ना शारगर्भित मन्तव्य प्रस्तुत गर्नुहुँदै सबै समस्याहरुको जड प्रकृति र परम सत्ता परमात्माबाट विमुख हुनु र तीनको समाधान पूनः प्रकृति र परमात्माको सानिध्यमा जानु भएको बताउनु भयो। उहाँले ज्ञान सरोबरलाई ज्ञानकोे मात्र नभई योग, प्रेम र शान्ति सरोवर पनि भएको बताउनुहुँदै सम्पूर्ण नेपाल नै शान्तिदूत बुद्ध, माता सीता एवम् देव भूमि, ऋषि भूमि भयेको र शान्ति र प्रेम कोे तरंग यहाँबाट सम्पूर्ण संसार मा फैलिरहेकोमा हार्दिक बधाई पनि दिनु भयो, उहाँले ज्ञानसरोवर केवल ब्रह्माकुमारी संस्थाको एक रिट्रिट सेन्टर या आध्यात्मिक प्रशिक्षण केन्द्रको रुपमा मात्र नभइ राष्ट्र कै निम्ति शान्ति, अध्यात्म, भाइचारा र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्ने एक अत्यन्तै महत्वपूर्ण कडीका रुपमा रहने कुरा उल्लेख गर्नु भयाे। यस स्थानको आध्यात्मिक सकारात्मक उर्जा तरंग र आयोजित विविध कार्यक्रमहरुबाट स्थानीय वासीका साथै समस्त नेपाल लगायत छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आगमन हुने शान्तिकामी, आध्यात्मिक जिज्ञासु एवं ध्यान साधना र प्रकृति प्रेमी आगन्तुक पर्यटकहरु लाभान्वित हुनेछन् ।
उक्त ऐतिहाँसिक गरिमामय समारोहमा आफ्ना शुभाशिर्वचन एवं धन्यवाद ज्ञापन शब्द प्रस्तुत गर्नुहुँदै ब्रह्माकुमारीज नेपालका निर्देशक राजयोगिनी राज दादी माँले स्वयं प्रेम ज्ञान गुण र शक्तिका सागर निराकार परमात्मा शिवबाबाले प्रजापिता ब्रह्माबाबाको साकार माध्यमबाट जन जनको कल्याण गरी एक सुख शान्ति र भाईचाराको दुनिया स्थापना गर्ने कार्य गर्दै आईरहनुभएको बताउनु हुँदै परमात्माको ईश्वरीय ज्ञानबाट लाखौं मानव आत्माहरुको जीवनमा सकारात्मक परिवर्तन देखा परेको कुरा व्यक्त भयो। यसका साथै उहाँले सम्माननीय राष्ट्रपति माननीय उपप्रधान मन्त्री लगायत सम्पूणर् उपस्थित एवं सहभागी महानुभावहरुमा परमात्मा र संस्थाको तर्फबाट कार्यक्रमलाई अत्यन्तै भव्य सभ्य सार्थक र ऐतिहासिक बनाउन महत्वपूणर् योगदान पुर्याउनु भएकोमा हार्दिक आभार समेत व्यक्त गर्नुभयो।
शुभारम्भमा परिसरको मूल गेटबाट रिबन कटिड्ड गरी प्रवेश गर्नुभएको सम्माननीय राष्ट्रपतिज्यूले परिसरको प्रवेशद्वार अगाडी रहेको शिलालेख अनावरण गर्नुभएको थियो ।
सो समारोहका बीचमा सम्माननीय राष्ट्रपतिज्यू, माननीय उपप्रधान मन्त्री तथा सहरी विकास मन्त्रीज्यू , राजयोगिनी डा राजदादी माँ एवं ब्रह्माकुमार डा मृत्युञ्जयज्यूको संयुक्त करकमलबाट परिसरमा निर्मित आध्यात्मिक एवं सकारात्मक उर्जा तरंग प्रवाहित गर्ने चारधामको पनि उद्घाटन समेत गरिएको थियो।
उद्घाटन समारोहमा नेपाल सरकार, प्रदेश एवं स्थानीय सरकारका उच्चपदीथ अधिकारीहरु, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, राजनीतिक दलका नेतागणहरु, संचारकर्मीहरु, शिक्षकहरु नगरका लब्ध प्रतिष्ठित विशिष्ट व्यक्तित्वहरु, धर्मानुरागी तथा अध्यात्म चिंतकहरु, उद्यमी व्यवसायीहरु, नेपाल एवं भारतका विभिन्न स्थानहरुबाट आमन्त्रित संस्थाका वरिष्ठ एवं पूणर्कालिन समर्पित सदस्यहरु एवं राजयोगी साधक साधिकाहरुको अत्यन्त भव्य र उत्साहजनक उपस्थिति रहेको थियो ।