च्याम्हासिंहमा रक्तदान ः ५ महिलासहित ३६ जनाले दिए रगत
मंसिर २, २०८१, आइतबार | विहान ०४:५३ बजे | 55
भक्तपुर । गुरु गणेश बचत तथा ऋण सहकारी संस्थाको १८ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम र प्रवचन अध्यक्ष कृष्णराम कासिछ्वाको सभापतित्वमा च्याम्हसिंहमा एक समारोहबीच शनिबार सम्पन्न गरियो ।
कार्यक्रममा सल्लाहकार रामकृष्ण प्रजापतिले जन्मदिन र स्थापना दिवसलाई रक्तदान गरी कसैको जीवन दान हुने भएकोले पुण्यको कामबाट शुरुवाट गर्नु शुभ संकेत हो भन्नुभयो । उहाँले अहिले बजारु सहकारीहरुले बचतकर्ताहरुको बचत लिएर भागेको, बचत हिनामिना गर्दा सहकारीप्रति विश्वास घटिरहेको अवस्थामा समूदायमा आधारित सहकारीले सदस्यहरुको हितमा जनसमूदायको विश्वास गर्न सक्ने गरी पारदर्शी ढंगले काम गर्नुपर्ने बताउनु भयो । आर्थिक मन्दिको अवस्था र तरलताको अभावको अवस्थामा पनि साढे १० करोडको वासलात र २२ लाख भन्दा बढी नाफा कमाउन सफल भएको बताउनु भयो । उहाँले समूदायमा आधारित सहकारीले सदस्य र समूदायको हितमा काम गरी विश्वास जित्न सक्नु नै ठुलो सफलता भएको बताउदैं स्थापना दिवसमा यस्तो जानकारी सन्देश दिई सदस्य र समूदायलाई सचेत पार्नु नै महत्वपूर्ण कार्य बताउनु भयो ।
कार्यक्रममा स्वागत श्रीप्रसाद प्रजापति, उद्घोषक सत्यराम ज्ञामरु, कोषाध्यक्ष तुल्सी केशरी प्रजापति र प्रबन्धक गौतम कुटुवाजूले सहकारी संस्थाको आर्थिक प्रगतीबारे जानकारी दिनुका साथै १७ औं वार्षिक साधारणसभा २०८१ मंसिर १५ गते ब्रम्हायणी मन्दिर परिसरमा हुने जानकारी गर्दै रक्तदान कार्यक्रममा पुरुष ३१ जना र महिला ५ जना गरी जम्मा ३६ जना रहेको जानकारी दिनुभएको थियो ।