झण्डै दुई हजारले खाए सम्हेबजी
मंसिर १, २०८१, शनिबार | दिउँसो ०१:०३ बजे | 55
भक्तपुर । ४४ औं नेपाल भाषा साहित्य तःमुंज्याको सम्हेबजी (भोज)मा झण्डै दुई हजार मानिस सहभागी भएको जनाइएको छ । भक्तपुरको कमलविनायकको लामगालमा भएको ४४ औं नेपालभाषा साहित्य तःमुंज्या र सांँस्कृतिक कार्यक्रमको शनिबार वल्र्ड दरवार लिवाली भक्तपुरमा सम्हेवजी कार्यक्रम भएको थियो ।
सम्हेबजी अघि प्रमाणपत्र वितरण गरिएको थियो । तःमुंज्यामा विभिन्न विधामा उत्कृटहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । साथै सहयोगीलाई सम्मानपत्र पनि वितरण गरिएको थियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहित, पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवाल, पार्टी सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, केन्द्रिय सदस्य एवं बागमति प्रदेश सांसदहरु सुरेन्द्रराज गोसाई, सृजना सैंजूलगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रम नेपाल भाषा मु गुथिका अध्यक्ष आशाकुमार चिकंबञ्जारको सभापतित्वमा भएको थियो । कार्यक्रममा ४४ औ नेपाल भाषा साहित्य सम्मेलनका संयोजक कृष्णभक्त लवजूले अतिथिहरुलाई मायाको चिनो वितरण गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...