मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १४ बाम गाउँकी किशोरी सुशिला बुढा उमेरले झण्डै १५ बर्ष लागिन् । फक्रिन लागेको फुल फुल्ने अवस्थामा उनी जति खुुसि हुनुहुन्थ्यो त्यति महिनावरी भएको समयमा पुर्खोदेखि कुप्रथाको रुपमा रहको छुई प्रथा निकट समयमा पनि कायमै रहँदा उहाँको मन खिन्न हुन्छ ।
जो कोहीले फक्रिन लागेको फुललाई संरक्षण र सुरक्षा गर्छन तर दुर्गमका महिला, किशोरीहरु पशु सरह हुने गर्छन । महिनावरी भएको बेला घरमा होईन गोठमै बस्ने गर्दछन् ।
सुदुरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरुमा अहिले पनि छाउपडि प्रथा कायमै छ । त्यसैमा पनि मुगु जिल्लामा अहिले पनि छाउ भएको बेला गोठमै बस्ने भेटिनछन् ।
समाजमा जडो गाडेर रहेको , पुर्खो देखि कुप्रथाको रुपमा रहको छुई प्रथा बिद्यमान समयमा पनि कायमै रहेदा यहाँका महिलाहरु महिनावरी भएको समयमा देवी देवता रिसाउन्छन् भन्ने त्रासले किशोरी र महिलाहरु घरमा होईन गोठमा बस्दै आएकि छन् ।
छाउ भएको बेला गाई, भेडा, भैसी, बाख्राको गोठमा बस्न परम्परागत प्रथा कायमै रहेको छ । धार्मिक परम्पराले गर्दा देबी देवता रिसाउने त्रासले छाउ भएको बेला ताजा दुध दही , मही ,मह घीउ खान पाईदैन यस्ता बस्तुहरु छाउ भएकी किशोरी , महीलाहरु लाई खान दिएमा अनिष्ट हुने बिश्वास छ ।
सार्वजनिक धारा , बिद्यालय , लगायतको स्थानमा बस्दा वा छुदा छुई भई कुल देबी देउता रिसाउने छाउ भएकी महीलाको शरीर सुक्ने,अङ्क भङ्क हुने बच्चाँ वा गर्भ नरहने पुर्खाको जनबिश्वासले गर्दा महीला , किशोरीहरु छाउ भएमा अहिले पनि घर बाहिरै बस्नु पर्ने अवस्थाले गर्दा सामाजिक , मानसिक समस्या भोगि रहेको १४ बर्षिया किशोरी गम्भिरा बुढाको दुखेसो छ ।
महिनावरी हुने निश्चित समयका महिलाहरुको शारीरिक तथा जैविक प्रक्रिया हो । देवि देवताको त्रासले गर्दा उनीहरु घर पस्न मान्दैनन् । महिनावरी भएकी महिला लाई पोशीले भिटामिन खानेकुरामा समेत नदीने स्थानिय बासीको भनाई रहेको छ । यस्तो समयमा उनीहरु लाई पौष्ठिक आहारका खाना नदिए स्वास्थ्यमा समस्या हुने बिज्ञहरुको भनाई छ ।
बिगत लामो समयदेखि बाललिका , युवा, महिला, समुदाय र विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार, पाठेघर आङ खस्ने समस्या, छाउपडी प्रथाका बारेमा जानकारी सहित शिक्षा अभियान सञ्चालन गरेको कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र मुगुले दुर्गम क्षेत्रका नागरिकहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि शिक्षा प्रदान गरि रहेको छ ।
मुलुकका अन्य जिल्ला भन्दा मुगु जिल्ला भौगोलिक आर्थिक , सामाजिक र धार्मिक हिसावले एक पाईला पछाडी रहेको छ । यहाँ गरिबी त छदैछ अशिक्षाले गर्दा कतिपय नागरिकहरु आफ्नो हक अधिकार बाट बञ्चित भएका छन् भने आफ्नो अधिकार समेत प्रत्याभुति गर्न पाएका छैनन् ।
आफ्नो स्वास्थ्य जस्तो संवेदनशिल बिषय सँग जोडिएकोले दुर्गमका नागरिकहरु लाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि शिक्षा प्रदान गर्दे आई रहेको कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र सिडिएस पार्क मुगुका कार्यकारी निर्देशक अजबहादुर शाहीले बताए ।
उनका अनुसार दुर्गमका नागरिक लाई सचेतीकरण कार्यक्रम अन्तर्गत ग्रामिण भेगका युवा महिला मात्र नभई विद्यालय स्तरमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका बारेमा जानकारी गराईएको उनले बताए ।
ग्रामिण स्तर सँगै बिद्यालय स्तरमा यो कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी बन्दै गएको खुसि ब्यक्त गरे ।
धेरैलाई यौन शिक्षा किशोर वा युवालाई मात्र आवश्यकता पर्छ भन्ने लाग्छ । यौन शिक्षा अरु कुरा जस्तै साधारणबाट जटिलतातर्फ उन्मुख हुन्छ । फलस्वरुप ७–८ वर्षको उमेरदेखिनै यौन शिक्षा विद्यालय, अभिभावकबाट शुरु गर्न सकिने पनि उनले भने ।
यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि कार्यहरु विभिन्न निकायमा सञ्चालन भएका हुनछन् । स्वास्थ्य क्षेत्र अन्तर्गत रहेको यो बिषय अस्पतालहरुले पनि पहिलो प्राथमिकता र चाँसोको बिषयमा राखेका छन् ।
स्वास्थ्य सेवा कार्यालय मुगुका अनुसार मुगुमा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि जानकारी गराउने छुट्टै स्वास्थ्यकर्मी अर्थात फोकल पर्सन रहेको जनाएको छ । फोकल पर्सनले अस्पतालमा आएका सेवाग्राहीहरु लाई वृहत यौनिकता , बच्चाको जन्मान्तरको उमेर लगायत प्रजनन् सम्बन्धि शिक्षा प्रदान गर्दे आई रहेको स्वास्थ्य सेवा कार्यालय मुगुका डाक्टर नहकुल शाहीले बताए ।
उनका अनुसार यौन तथा प्रजनन् सम्बन्धि कार्यक्रम अस्पताल सँगै ग्रामिण स्तरमै पुगेर जनचेतना फैलाई रहेको उनको भनाई छ । उनले थपे यौन तथा प्रजनन् अधिकार सम्बन्धि नेपाल सरकारले धेरै हक अधिकार प्रदान गरेको भएता पनि अझै पनि दुर्गम मुगुका महिलाहरुले सोचे अनुरुप प्रयोग नगरेको दुखेसो गरे ।
यता स्थानीय सरकारले पनि यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका बिषयमा चासो देखाएको छ ।
यौन तथा प्रजनन् स्वास्थ्य समस्या भएका महिला लाई बिभिन्न कार्यक्रमको आयोजना गरि पोषणमा सुधार सँगै आमा र बच्चाको स्वास्थ्य लाई सुरक्षा गर्न बिभिन्न प्रकारका पौष्टिक आहार दिने खानेकुराहरु जस्तै अण्डा लगायत नगद प्रदान गर्ने गरेको छायाँनाथ रारा नगरपालिकाका नगर उपप्रमुख ऐश्वर्या मल्लले बताईन ।
गर्भवति भएको समयमा बढि मात्रा कामको बोझ हुने र खानेकुरामा पनि तालमेल नमिल्नाले प्रजनन् स्वास्थ्यमा समस्या हुने गरेकाले हामिले थोरै भए पनि पोषण दिने खानेककुरा प्रदान गरेको उपप्रमुख मल्लको भनाई छ ।