एमाले सुतिराखेको बाघ हो, उसको जुंगा नचलाएकै राम्रो ः वस्नेत
कार्तिक २८, २०८१, बुधबार | विहान १०:२५ बजे | 55
भक्तपुर । सतारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मंसिर ७ गते राजधानीमा शक्ति प्रदर्शन गर्ने भएको छ । एमाले पोलिटव्यरो सदस्य एवं पार्टी भक्तपुरका इन्चार्ज महेश वस्नेतले राजधानीको भृकुटीमण्डपमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा शक्ति प्रदर्शन गर्ने बताए ।
पार्टी सूर्यविनायक नगर कमिटीको दोश्रो अधिवेशनबारे जानकारी दिन बुधबार जिल्ला पार्टी कार्यालय सूर्यविनायक भक्तपुरमा भएको पत्रकार सम्मेलनमा युवा नेता वस्नेतले कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीबाट मन्तव्य हुने जनाए ।
सुतिरहेकेो बाघलाई कहिलेकाही झिनामसिना जनावरहरुले जंगा खेलाएर यो जंगलको राजा मै हुँं भन्ने गर्ने गरेको भन्दै उनले त्यसका विरुद्ध कार्यक्रम गर्न लागेको जनाए । प्रदर्शनमा उपत्यकाका तीन वटै जिल्लाका नेता कार्यकर्ताहरुको विशाल सहभागिता हुने उनले जनाए ।