उहाँंलाई कसैले देख्नुभएको छ ?


कार्तिक २८, २०८१, बुधबार | विहान ०५:५६ बजे | 55


उहाँंलाई कसैले देख्नुभएको छ ?

भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखेलका एक पुरुष हिजोदेखि बेपता भएका छन् । वर्ष ४६ का बाबुराजा सुलु काठमाडौंबाट हिजो मंगलबार साँंझ हराएका हुन् ।
परिवारका अनुसार उपचारका लागि उनलाई काठमाडौंको ट्रमा सेन्टर (अस्पताल) मा लगिएको थियो । साँंझ करिव साढे चारदेखि पाँंच बजेको विचमा अस्पतालबाटै हराएको परिवारले जनाएको छ । 
छोरी विना सुलूका अनुसार बुबालाई ओपिडीमा देखाएर ममी औषधि पसलमा गएर औषधि किन्न गएकी थिइन् । त्यही बेला बुबा वेपता भएको उनले जानकारी गराइन् । घरमै शौचालयमा लडेर टाउको चोट लागेपछि उनलाई अस्पतालमा उपचारका लागि लगिएको थियो । 
हराएपछि अस्पताल नजिकैको काठमाडौं प्रहरीमा जाहेरी दिएको र अहिलेसम्म फेला नपरेको उनले जनाइन् । बुबाको खोजीमा सहयोग गरिदिन् उनले अनुरोध गरिन् । कहीकसैले देख्नभएमा ९७४९८५६९७२ मोवाइल नम्वरमा वा नजिकैको प्रहरीलाई खवर गरिदिन परिवारले अनुरोध गरेको छ ।

Comments