म सूचना लुकाउने पक्षमा छैन ः भक्तपुरका एसपी बुढाथोकी


कार्तिक २५, २०८१, आइतबार | दिउँसो ०३:३८ बजे | 55


म सूचना लुकाउने पक्षमा छैन ः भक्तपुरका एसपी बुढाथोकी

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरको प्रमुखको रुपमा सरुवा भई आएका एसपी माधवप्रसाद बुढाथोकीले आफू सूचना लुकाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । नेपालीहरुको महत्वपूर्ण चाडपर्व सम्पन्न भएसँगै महानगरीय प्रहरी परिसर भक्तपुरले आइतबार पत्रकार सम्मेलन गरी भक्तपुर जिल्लाको शान्ति सुरक्षाका कार्य सम्पादन र चुनौतिहरुबारे पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । 
एसपी बुढाथोकीले आफू कार्यभार सम्हालन थालेपछि पत्रकारहरुसमक्ष सूचना प्रवाहमा कन्जुस्याई नगरेको बताए । उनले राज्यको चौथौं अंगको रुपमा रहेको पत्रकारलाई वेवास्ता गरेर देश सञ्चालनको चौथौ मुख्य अंगलाई वेवास्ता गर्ने कुरै नआउने बताए ।
त्यस अवसरमा उनले जिल्लाको चाडपर्व लक्षित गरी करोडौ हारजित हुने गरी जुवाटास खेल्ने गरेको खवरहरु समेत आए पनि यस वर्षको चाडपर्व सामान्य रहेको जनाए । लागुऔषध कारोबार देखिएको भन्दा बढी भएको हुनसक्ने अनुमान गर्दै बुढाथोकीले अबैध हातहतियार, पटका नियन्त्रण, बजार अनुगमन, चार्डपर्व लक्षित सुरक्षा कार्यान्वयन गर्दै चार पटकसम्म गरेको अनुगमणले रु. १५ हजार जरिवाना, १० हजार बराबरको सामान नष्ट गरेको जनाए । साथै, दशै तिहार र छठ पर्व अवधिभर भक्तपुर जिल्लामा अन्दाजी ४८ हजार बराबरको पटका बरामद गरे पनि ठाउँठाउँमा पटका पड्केको टिप्पणी उनले गरे । ट्राफिक नियम उलघंन गर्ने २१५७ सवारी साधन कारवाहीबाट १४ लाख पचपन्न हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको र ८७ वटा सवारी दुर्घटनामा ३ जनाको मृत्यु, ५ जना गम्भिर घाइते र ५१ जना सामान्य घाइते भएको जनाए ।
परिसरका सूचना अधिकारी ढुण्डीराज नेउपानेले प्रस्तुत गरेको प्रतिवेदन अनुसार यस वर्षको दशैं, तिहार र छठ पर्वमा लागू औषध अपराधका ५ घटनाबाट १० जना, बाल यौन दुरुपयोगका २, दुघर्टनाबाट २ जना, जुवाका ९ अपराधबाट ३२ जना, हुण्डीबाट १ जना, चोरीका ८ घटनाहरुबाट १५ जना, सवारी अंगभंगका ६ घटनाबाट ५ जना पक्राउ र १ जना फरार तथा ६ जना घाइते भएको उल्लेख गरे । ठगीका १ घटना भएको प्रहरीको जानकारीमा आए पनि एक जना फरार रहेको जानकारी उनले गराए । अपराधिक उपद्रव गर्न नहुने १ घटनामा २ जना र कर्तव्य ज्यानका २ घटनामा २ जना पक्राउ र २ जनाको मृत्य समेत भएको उल्लेख गर्दै सूचना अधिकारी नेउपानेले भवितव्य ज्यानका १८ घटनाबाट १८ जनाको ज्यान गएको बताएको छ ।
फैसला कार्यान्वय सम्बन्धी कार्वाहीमा ४३ जना पक्राउ गरी ८१ हजार ७६० जरिवाना तथा १ वर्ष ६ महिना १६ दिने कैद सजाय भएको भन्दै चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका लागि ६१७ जना प्रहरी कर्मचारीहरु परिचालन भएको जनाएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरको भावी रणनीतिक योजनाको रुपमा फैसला कर्यान्वयनमा जोड दिने, सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने, लागू औषध नियन्त्रण गर्ने, आत्महत्या न्यूनिकरण गर्नको लागि प्रभावकारी रुपमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्ने र शान्ति सुरक्षा कायम गरी अपराध रोकथाम र नियन्त्रण गर्ने कार्यक्रमहरु पनि अघि सारेको परिसरले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रविण खत्रीले जिल्लाका मुख्य सडकहरुको ट्राफिक लाईटहरुको व्यवस्थापनका लागि स्थानीय तहहरुसँग समन्वय भइरहेको बताउँदै सवारी कारवाही भन्दा सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी लागिपरेको जनाए । चालकहरुको सुविधाका लागि अबदेखि नागरिक एपमार्फत लाइसेन्स हेर्न सकिने व्यवस्था भएको र भविष्यमा बिलबुक पनि एप मार्फत हेर्न सकिने धारणा उनले राखेका थिए ।

Comments