अक्टोबर क्रान्ति र यसको महत्व पुस्तक सार्वजनिक


कार्तिक २२, २०८१, बिहीबार | दिउँसो ०१:३३ बजे | 35


अक्टोबर क्रान्ति र यसको महत्व पुस्तक सार्वजनिक

भक्तपुर । अक्टोबर क्रान्ति र यसको महत्व (नेपालको परिवेशमा) दोश्रो संस्करण पुस्तक विहीबार भक्तपुरमा सार्वजनिक गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंलगायतका विशिष्ट व्यक्तित्वहरुले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् ।
नेपाल क्रान्तिकारी मजदुर संघको आयोजनामा कार्यक्रम आयोजना गरिएको थियो । पुस्तकको प्रकाशन पनि मजदुर संघबाटै भएको हो । यसअघि यस पुस्तकको पहिलो संस्करण २०५४ सालमा भएको कार्यक्रममा जनाइयो । यसअघि भने अर्कै संस्थाबाट प्रकाशन गरिएको कार्यक्रममा बताइयो । 
पुस्तक सार्वजनिकरण एवं परिचर्चा कार्यक्रममा पार्टी अध्यक्ष विजुक्छें, पार्टी केन्द्रिय सदस्यद्धय एवं वागमति प्रदेश सांसदद्धय सुरेन्द्रराज गोसाई, सृजना सैंजू, श्रष्टा समाजका अध्यक्ष लक्ष्मणराज जोशी, इन्जिनियर समाजका सदस्य राजेन्द्र हाडा, नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रिय अध्यक्ष प्रकाश गुरुगलगायतले पुस्तकका विविध पक्षबारे चर्चा गरेका थिए ।  

Comments