सकियो जेष्ठ नागरिक समाज केन्द्रको साधारणसभा
कार्तिक २२, २०८१, बिहीबार | विहान ०७:४३ बजे | 60
प्रताप रानामगर
काठमाडौं, कार्तिक २२
जेष्ठ नागरिक समाज नेपाल केन्द्रीय कार्यालय कलंकी वडा नं १४ को १७ औं साधारणसभा विहीबार सम्पन्न भएको छ । समाजकै केन्द्रीय कार्यालय वडा नं १४ स्थित आफ्नै भवनमा साधारणसभा भएको हो ।
काठमाडौ कलंकी वडा नं १४ का अध्यक्ष सुमन श्रेष्ठको प्रमुख आतिथ्य र जेष्ठ नागरिक समाजका अध्यक्ष चिरञ्जीवी कडेलको सभापतित्वमा कार्यक्रम भएको थियो ।
उक्त कार्यक्रममा ८० औ वसन्त पार गरेका जेष्ठ अग्रजहरूलाई एक समारोहबीच प्रमुख अतिथिबाट बुढ्यौलीको साहारा टेक्ने छडी लौरो वितरणका साथै टोपी पहिराइ सम्मान पनि गरिएको थियोे । यसैगरी ओखती पोलिक्लिनिक कलंकीद्वारा स्वास्थ्य सेवा शिविर पनि संचालन गरिएको थियो । प्रताप रानामगर