हरि अधिकारीको संवादमा समयविम्व बजारमा
कार्तिक २१, २०८१, बुधबार | विहान १०:४१ बजे | 65
काठमाडौं । सम्वादमा समयविम्व नामक पुस्तक सार्वजनिक भएको छ । पुस्तकको शव्दसारथीको रुपमा हरि अधिकारी रहेका छन् ।
पुस्तकमा देशका २० जना विशिष्ट व्यक्तित्वहरुको जीवनी, व्यक्तित्व, कृतित्व, योगदान आदि विषयमा चर्चा गरिएका छन् । प्रशाशक, व्यंग्यकार, वैज्ञानिक, पत्रकार, प्राध्यापक, न्यायविद्, अभियन्ता, इन्जिनियर, राजनीतिज्ञ, चिन्तक, कार्यकर्ता, अर्थशाश्त्री, पूर्वमन्त्री, चिकित्सक, नेता, साहित्यकारका जीवनी तथा उनीहरुको पालामा भएगरेका विषयवस्तुहरुबारे चर्चा गरिएको छ । पत्रकार कृष्णभक्त श्रेष्ठ, प्राध्यापक अभि सुवेदी, न्यायविद् गौरीबहादुर कार्की, पूर्वमन्त्री महेश आचार्यलगायतका विशिष्ट व्यक्तित्वहरुको परिचर्चा पुस्तकमा गरिएको छ ।
पुस्तकको प्रकाशन शव्दविम्व प्रकाशन प्रालि सूर्यविनायक नगरपालिका ८ भक्तपुरले गरेको छ । पुस्तक ४६८ पृष्ठ लामो रहेको छ । पुस्तकको मूल्य एक हजार दुई सय ५० तोकिएको छ ।