भक्तपुर पूरा शहर नै जीवित संग्रहालय


कार्तिक १७, २०८१, शनिबार | विहान १०:३१ बजे | 50


भक्तपुर पूरा शहर नै जीवित संग्रहालय

प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुर पूरा शहर नै जीवित संग्रहालय रहेको बताएका छन्।

शनिवार भक्तपुरमा नेपाल संवत ११४५ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन। उनले भक्तपुर पूरा शहरलाई नै जीवित संग्रहालय मान्न सकिने अवस्थामा पुगेको बताए।

प्रधानमन्त्री ओलीले भक्तपुर पर्यटकहरुको लागि पनि आकर्षणको केन्द्रबिन्दु बनेको बताए।उनले आफ्नो मौलिकता, इतिहास, परम्परा,संस्कृति, साहित्य भक्तपुरमा देख्न सकिने धारणा राखे। 

Comments