ओली सरकार भ्रष्टाचारीलाई जोगाउनमै मात्रै केन्द्रित ः प्रचण्ड


कार्तिक १५, २०८१, बिहीबार | दिउँसो १२:०५ बजे | 55


ओली सरकार भ्रष्टाचारीलाई जोगाउनमै मात्रै केन्द्रित ः प्रचण्ड

मध्यपुर थिमि । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माओवादीका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान ओली सरकार भ्रष्टाचारीलाई जोगाउनमै मात्रै केन्द्रित भएको आरोप लगाएका छन् । आफनो सरकारले भ्रष्टाचाविरुद्ध अभियान चलाउनाकै कारण ढालेको आरोप पनि उनको छ । 
नेकपा एकीकृत माओवादी पार्टी मध्यपुर थिमि नगर कमिटीले नेपाल सम्वत् १४५ नयाँं वर्षको अवसरमा विहीबार भक्तपुरको मध्यपुर थिमि वैक्वेटमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले २०८४ सालको आगामी निर्वाचनमा जनताले माओवादीलाई बहुमत जिताइ दिने दावी गरे । आफूहरु देशव्यापी भ्रमणमा पुग्दा जनताले त्यही भनिरहेको उनले बताए । 
आफू नेतृत्वको सरकारको पालामा आफूहरुले जनताको पक्षमा काम गरेको तर त्यो जनतासमक्ष पुग्न नसकेको उनले बताए । सरकारबाट बाहिर गएपछि जनतालाई त्यही कुरा सुनाउन पुगेको र जनताले २०८४ मा माओवादीलाई नै बहुमत जिताएर पठाउने बताएको उनले सुनाए । 
सभा हुनु अघि पार्टी अध्यक्ष प्रचण्डलगायतका पार्टी केन्द्रिय नेताहरुले शंखधर चोक नयाँं थिमिस्थित संखधर साख्वाको प्रतिमामा माल्यापर्ण गरेका थिए । माल्यापर्णपछि बाजागाजासहितको टोली बैक्वेट पुगेको थियो । कार्यक्रममा प्रचण्डसहित आधा दर्जन नेताहरुले सम्वोधन गरेका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

ओली सरकार भ्रष्टाचारीलाई जोगाउनमै मात्रै केन्द्रित ः प्रचण्ड

Comments