भक्तपुरमा नयाँं सिडिओ (अहिलेसम्मको सिडिओहरुको नामावलीसहित)
कार्तिक १४, २०८१, बुधबार | विहान ०९:१७ बजे | 45
भक्तपुर । भक्तपुरमा नयाँं प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले कार्यभार सम्हाल्न थाल्नुभएको छ । नयाँं सिडिओको रुपमा गोपालप्रसाद अर्यालले कार्यभार सम्हाल्नुभएको थियो । उहाँं डोटीको सिडिओबाट भक्तपुरको सिडिओमा सरुवा भई आउनुभएको हो ।
यसअघि भक्तपुरको सिडियोमा रोशनीकुमार श्रेष्ठ हुनुहुन्थ्यो । उहाँं कार्तिक ६ गते भक्तपुरबाट सरुवा हुनुभएको हो ।
भक्तपुरमा पहिलो पटक २०४१ साल वैशाख १ गतेदेखि सिडिओको व्यवस्था हुन थालेको हो । भक्तपुरको पहिलो सिडिओको रुपमा श्रीमान श्रेष्ठ रहनुभएको थियो । हालसम्म भक्तपुरमा ४२ जना सिडिओले सफलतापूर्वक कार्य सम्हाल्नुभएको छ । हालको नवआगन्तुक सिडिओ ४३ औं नम्वरको हुनुहुन्छ ।
यसैवीच बुधबार भक्तपुरका नवनियुक्त सिडिओ अर्यालसँंग भक्तपुरका पत्रकारहरुको परिचयात्मक कार्यक्रम भएको छ । कार्यक्रममा झण्डै दुई दर्जन पत्रकारहरु सहभागी रहेका थिए ।